दाङबाट वन्यजन्तु सहित दुई व्यक्ति पक्राउ – Kanika Khabar
Friday, April 19Nepali News Portal

दाङबाट वन्यजन्तु सहित दुई व्यक्ति पक्राउ

    मा प्रकाशित

कनिका खबर
कार्तिक २५, दाङ ।
डिभिजन वन कार्यालय देउखुरी दाङबाट वन्यजन्तु सहित दुई व्यक्ति पक्राउ गरेको छ । डिभिजन वन कार्यालय देउखुरीका प्रमुख बेसिन्द्रराज सुबेदीले वन्यजन्तु ओसारपसार गरेका दुईजना व्यक्तिलाई पक्राउ गरिएको जानकारी दिएका छन् ।
राप्ती गाउँपालिका वडा नम्बर १ भालुवाङ पुल्चोक स्थित पूर्वपश्चिम राजमार्गबाट लु १ च ९९९४ नम्बरको पिकअप गाडीमा बन्यजन्तु राखेर लैजादै गर्दा प्रक्राउ गरिएको बताइएको छ । प्रक्राउ पर्नेमा घोराही उपमहानगरपालिका वडा नम्बर ८ निवासी ठगेन्द्रबहादुर डाँगी र चालक कपिलवस्तु शिवराज नगरपालिका वडा नम्बर ५ निवासी दलबहादुर सारू रहेको डिभिजन वन कार्यालय देउखुरीका प्रमुख सुबेदीले बताए । जिपको पछाडि अन्दाजी पैतिस किलोका दुईवटा जंगली बँदेल बोरामा राखेर लैजादै गर्दा पक्राउ गरेको उनको भनाई छ । बरामद गरिएको दुईवटा जंगली बँदेल बाँके राष्ट्रिय निकुञ्जमा छाड्ने तयारी भइरहेको छ । पक्राउ परेका जिप सहित दुई जनालाई आवश्यक कार्वाहीको लागि डिभिजन वन कार्यालय देउखुरीको हिरासत घोराहीमा राखिएको छ । पक्राउ गरेका व्यक्ति माथि थप अनुसन्धान भैरहेको डिभिजन वन कार्यालय देउखुरीले जनाएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्