कनिका खबर
कार्तिक २६, दाङ ।
नेपालमा ५ सय जना कोरोना सङ्क्रमित आइसियु र भेन्टिलेटरमा उपचाररत रहेका छन् । कोरोनाभाइरसका सक्रिय सङ्क्रमितमध्ये ४०४ जना आइसियु र ९६ जनाको भेन्टिलेटरमा उपचार भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
जसमध्ये आइसियुमा प्रदेश नंं १ का ४५ जना, प्रदेश नंं २ का १२ जना, वागमती प्रदेशका १८४ जना, गण्डकी प्रदेशका ७६ जना, लुम्बिनी प्रदेशका ६२ जना, कणर्ाली प्रदेशका आठ जना र सुदूरपश्चिम प्रदेशका १७ जना रहेका छन् ।
यस्तै भेन्टिलेटरमा प्रदेश नंं १ का १५ जना, प्रदेश नं. २ का दुई जना, वागमती प्रदेशमा ५८ जना, गण्डकी प्रदेशका १५ जना र लुम्बिनी प्रदेशका छ जना रहेका छन् ।
यस्तै पाँच सय भन्दा बढी सङ्क्रमित भएका जिल्लामा झापा, मोरङ, सुनसरी, काठमाडौँ, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर, काभ्रे, कास्की, नवलपरासी (पूर्व), दाङ, रुपन्देही र कैलाली रहेका छन् ।


