‘सत्ता कलह’ ले जनस्वास्थ्य संकटमा : योगेन्द्र चौधरी – Kanika Khabar
Wednesday, May 8Nepali News Portal

‘सत्ता कलह’ ले जनस्वास्थ्य संकटमा : योगेन्द्र चौधरी

    मा प्रकाशित

कोरोना भाइरसका कारण अहिले देश आक्रान्त बनेको छ । दिनहु कोरोना संक्रमित बढिरहेका छन् भने मृत्युदर पनि बढि रहेको छ । तर कोरोना संक्रमण नियन्त्रणका लागि राज्यको पहलकदमी भने प्रभावकारी बन्न सकेको छैन । फलत : कोरोना संक्रमण र यसले निम्त्याउन सक्ने जोखिम झनै बढ्दै गएको छ । यसबारेमा प्रमुख प्रतिपक्षदल नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा कांग्रेसले गठन गरेको कोभिड १९ अनुगमन समितिका सदस्य योगेन्द्र चौधरीसंग  लिलाधर वलीले गरेको कुराकानीको सार संक्षेप ।

जिल्लामा कोरोनामा संक्रमण दर र यसको नियन्त्रणका लागि थालिएका कार्यक्रमहरुलाई तपाईले कसरी हेर्नुभएको छ ?

जिल्लामा मात्रै भन्दापनि देशभर नै जनतालाई कोरोना संक्रमणको जोखिमबाट बचाउनका लागि कार्यायोजना बनाएर अघि बढ्न सक्नुपथ्र्याे सकेन । कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारले कुनै प्लानिङ नै गरेको देखिदैन । यस बारेमा हामीले कांग्रेसले सरकारलाई खवरदारी गर्दै आएको छ ।

सरकारले सुरुमै कोरोना परिक्षणका लागि पिसिआर परिक्षण गर्ने कि आरडिटि विधिबाट परिक्षण गर्ने भन्ने बारेमा समेत सुझाव दिएको थियो । तर पछि आफु नै पछि हट्नु परेको थियो । कोरोना भाइरस नियन्त्रणका लागि सरकारसँग स्पष्ट योजना नहुँदा सरकार पनि अन्यौलताकै विचअघि बढ्ने काम गरिरहेको छ ।

दाङमा पनि कुनै पनि स्थानीय सरकारहरुले कोरोना संक्रमण फैलन नदिन, संक्रमितको अवस्था पत्ता लगाउन कोरोना परिक्षणका लागि, संक्रमितलाई कहाँ र कसरी व्यवस्थापन गर्नेसँगै सचेतनाका लागि समेत स्पष्ट रुपमा काम गर्न सकेको पाइएन ।

यो समयमा राज्यले कोरोना नियन्त्रणका लागि के गर्नुपथ्र्यो ?

सरकारले कोरोना संरक्षण नेपालमा पैmलन नदिनका लागि सुरुमै सत्तापक्ष र प्रतिपक्ष नभनेर सवै राजनीतिक दलहरुलाई बसालेर योजनाबद्ध रुपमा प्लानिङ गरेर अघि बढ्न आवश्यक थियो । तर राज्यले कोरोना समस्या समाधानका उपाय आफुसँग मात्र भए जस्तै गरि अघि बढ्यो ।

जसले गर्दा सरकारले क्वारेन्टाइन, आइसोलेसन तथा होम आइसोलेसनमा बस्दा जनताले अपनाउनुपर्ने सावधानीका बारेमासमेत जानकारी लिन सकेनन् । त्यसैगरी सार्वजनिक ठाउँमा हिड्दा अपनाउनुपर्ने सावधानी समेत अपनाउन सकेनन् । जसले गर्दा जनताहरु अहिले अक्सिजन समेत नपाएर मर्नुपर्ने अवस्था आएको छ ।

यो अवस्था आउनु राज्यको लापरवाही होकी होइन ?

कोरोना संक्रमणबाट बच्न जनतालाई सावधानी अपनाउन आग्रह गर्नुपर्ने सम्मानिय प्रधानमन्त्रीबाटै कोरोना केही होइन भन्ने हल्का टिप्पणी गर्नुहुदैन थियो । उनले । हाछिउ गर्दा भाग्छ भन्ने ? कहिले बेसार पानीले निको हुन्छ भनेर जनतालाई भ्रममा पार्ने काम नगर्नु पथ्र्याे ।

त्यस्तै सरकारले सरकारीबाट,राजनीतिक दलका नेता, स्वास्थ्य क्षेत्रका कोरोना रोग सम्वन्धी विज्ञलगायतका सवै क्षेत्रलाई समेटेर एउटा संयन्त्र बनाउन आवश्यक थियो तर सकेन। समितिले क्वारेन्टाइन कति बनाउने, आइसोलेसन कति बनाउने र त्यसका लागि जनशक्ति कति आवश्यक छ र त्यी स्थानमा कति संक्रमितलाई राख्न सकिन्छ भनेर प्लानिङ गर्ने थियो ।

तर राज्यले संयन्त्र नबनाउदा भद्रगोल तरिकाले काम गरेर अर्वाै रुपैया खर्च गर्ने मात्रै काम गरेको छ ।

कोरोना नियन्त्रणमा राज्यको भूमिका प्रभावकारी भएन भन्ने गुनासो रहेको छ, यस्तो संवेदनशील अवस्थामा राज्य किन गम्भीर बन्न नसकेको होला ?

कोरोना भाइरस नियन्त्रणमा सरकार किन गम्भीर तरिकाले लाग्न सकिन भन्ने जवाफ सरकारलाई नै थाहा होला । तर हामीलाई लागेको के हो भने सरकार जनताप्रति जिम्मेवार छैन । सरकार उखान टुक्कामै सरकार चलाएर समय विताउने तयारीमा थियो ।

त्यसका साथै आन्तरिक पार्टीकै बिबादको चक्रव्यूहमा फसेकाले पनि थप समस्या सिर्जना भएको हो जस्तो लाग्छ । संकटका समयमा जनतालाई बचाउन छोडेर सरकार पार्टीको विवादमा लाग्ने, जनता भने औषधी नपाएर मर्ने, संकटको समयमा कोरोना परिक्षणदेखि उपचार गर्नेसम्मका जिम्मेवारीहरुबाट पन्छिएर समस्यामा फसेका जनताहरुबाट पैसा असुल्न त मिल्दैन नि ?

कोरोना परिक्षण र उपचारमा राज्यले देखाएको गैर जिम्मेवारपनले दाङमा संक्रमण झनै बढेको देख्नुहुन्छ ?

दाङमा अहिले कोरोनाको अवस्था डर लाग्दो अवस्थामा छ । गाउँगाउँमा संक्रमितहरु रहेका छन् । उनीहरु कसरी बसेका छन ? उनीहरुको स्वास्थ्य अवस्था कस्तो छ भनेर स्थानीय तहका स्वास्थ्यकर्मीृहरुले बुझ्नु पथ्र्यो तर कसैले चासो देखिएका छैनन्

। यसमा संघीय सरकार, प्रदेश सरकारसँगै स्थानीय तहहरुले समेत बेवास्था गरेका छन् । गैर जीम्मेवार तरिकाले जनताको स्वास्थ्मा खेलवाड गर्ने काम भएको छ ।

आजै म लमहीका विभिन्न वडाहरुमा पुगेको थिए । त्यहाँ धेरै मानिसहरुमा कोरोनाको सिमटम छ । तर उनीहरु कोरोना संक्रमण देखिदा समाजले हेप्ने, गलत नजरले हेर्नेसँगै परिक्षण गर्दा पैसा लाग्ने र उपचार गर्ने पैसा नहुँदा अस्पतालसम्म जान सकिरहेका छैनन् ।

कोरोना नियन्त्रणमा प्रतिपक्ष कांग्रेसको भूमिका के छ ?

विश्वव्यापी रुपमा फैलिएको कोरोना संक्रमण नेपालमा देखिएपछि कांग्रेसले कोरोना नियन्त्रणका लागि सरकारसँगसँगै अघि बढने गरि कुरा गरेका थियौ । सरकारले मात्र चाहेर कोरोना रोकिने अवस्था थिएन ।

त्यसैले सवैक्षेत्रलाई समेटेर एउटा संयन्त्र बनाउने र त्यही संयन्त्रले प्लानिङ गरेर कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि अघि बढौ भन्नेमा थियौ । तर सरकारले हामीलाई अभियानमा साथ लगाउन चाहेन ।

त्यसैले हामीहरुले आफ्नो तरिकाले कोरोना सम्वन्धी अनलनाइन तथा सञ्चार माध्यमबाट सचेतना फैलाउने र सरकारलाई कोरोना भाइरस रोकथाम तथा नियन्त्रणमा प्लानिङ गरेर अघि बढ्न आग्रह गरेका छौ । कांग्रेसले संसदमा कोरोनालाई विशेष महत्वको विषय बनाएर छलफल बनाउने काम ग¥यौ ।

तर सरकारले सुझावलाई मनन नगर्दा झनपछि झन समस्या देखिदै आएको छ । अहिले पनि कांग्रेसले कोरोना नियन्त्रण तथा रोकथामका लागि सरकारलाई सुझाव दिदैआएको छ ।

तपाई कांग्रेसले गठन गरेको कोभिड १९ अनुगमन समितिको सदस्य हुनुहुन्छ । यो समितिको काम के हो ?

नेपालमा कोरोना भाइरसको संक्रमण बढ्न थालेपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहमहामन्त्री डा. प्रकाश शरण महतको संयोजकत्वमा अनुगमन समिति गठन गरेको छ । यो समितिको सदस्यमा म पनि सदस्य छु ।

सदस्यका हिवासले हामीले जो जहाँ छौ त्यहीबाट सरकारले गरेका कामहरुको अनुगमन गर्ने र गल्ती सच्याउनका लागि सुझाव दिने काम गरेका छौ । मैले दाङको कोरोना अवस्था, यसले पारेको प्रभाव र कोरोना नियन्त्रणका लागि स्थानीय सरकारले गरेका काम हेर्ने काम गरिरहेको छु ।

अहिले पनि जनताहरुले निशुल्क रुपमा कोरोना परिक्षण गर्न पाइरहेका छैनन् । अधिकांस कोरोना संक्रमितहरु घरमै बसेका छन् । होम आइसोलेसनमा बसेका संक्रमितको अवस्था के कस्तो छ भनेर केही बुझ्ने काम समेत गरेको छैन । यो भन्दा कमजोर अवस्था के हुन्छ तपाई आफै बुझ्न सक्नुहुन्छ ।

स्थानीय तहहरु जनताका सरकार हुन । उनीहरुले जनता अप्ठेरोमा परेको बेला निशुल्क स्वास्थ्य परिक्षण र उपचारको व्यवस्था मिलाउन सक्छन तर देखिएको छैन ।

समितिले अनुगमन मात्रै गर्ने होकी गल्ती सच्याउनलाई दवाफ पनि दिने काम गर्छ ?

हामीले अनुगमनसँगै गल्ती सच्याएर जनताको निशुल्क परिक्षण र उपचारको व्यवस्थाका लागि दवाफ दिने काम गरेका छौ । फरक अति हो अहिले सरकारको विरोधमा सडकमा जाने अवस्था छैन । सदन पनि बन्द रहेका कारणले सरकारलाई जनताले अपेक्षागरेर अनुसार दवाफ दिन नसकेको जस्तो देखिएको छ ।

तर विभिन्न कार्यक्रमको मार्फत,टेलिफोनलगायतका माध्यमबाट हामीले सरकारलाई कोरोना संक्रमितको निशुल्क परिक्षणसँगै उपचारको व्यवस्था गर्न माग गरिरहेका छौ । साथै हामीले कोभिडका कारण समस्यामा परेका उद्योग,व्यवसायी, कृषि उद्यमी, बैदेशिक रोजगारी जान नसकेर बेरोजगार बनेका युवाहरुलाई स्वदेशमै रोजगारीका कार्यक्रमहरु ल्याउन समेत हामीले आग्रह गरेका छौ ।

सरकार कोरोना नियन्त्रणका लागि गर्नुपर्ने महत्वपूर्ण भूमिकाबाट टाढियो सरकारको यो कदम सच्याउन प्रतिपक्ष कांग्रेसले कुनै भूमिका खेलेको देखिएन नी ?

मैले अघि पनि भनिसकेको छु । सरकार जनताले निशुल्क स्वास्थ्य सेवा पाउने अवस्थाबाट भाग्न खोजेको छ । त्यही कारण सरकारले कोरोना संक्रमणको परिक्षण र उपचारबाट समेत भाग्न खोजेको थियो । तर अहिले अदालतका सरकारले पुन निुशल्क परिक्षणसँगै उपचार गर्ने अवस्थामा आएको छ ।

जनतालाई विपदमा सहयोग गर्नुको सट्टा भाग्न खोज्ने सरकारबाट जनताले केको आशा गर्ने अहिले गम्भीर प्रश्न खडा भएको छ । कोरोनाकारण समस्यामा परेको समयमा रोग नियन्त्रण र संक्रमितको उपचारमा ध्यान दिनुपर्ने सरकार आफु नै कसरी सरकारमा टिक्ने दाउमा लागेको छ ।

महामारी नियन्त्रणका लागि सरकारसँगै मिलेरसँगै अघि बढौ भनेर हामीले भनेका छौ । असल प्रतिपक्षका हिसावले हामी सरकारलाई विपतको समयमा अप्ठेरो पार्ने,असहयोग गर्नेभन्दा पनि सरकारलाई मिलेर जाउँ भन्दा पनि सरकार एक्लै प्रतिपक्षलाई बेवास्था गरेर अघि बढ्न खोजेको छ ।

अन्त्यमा के भन्नुहुन्छ ?

अहिले कोरोना महामारीको समय छ । यो बेलामा नागरिकहरुलाई सरकारले हेर्न सकेको छैन । कोरोना संक्रमित नागरिकहरुको उपचार समेत हुन सकिरहेको छैन । यस्तो अवस्थामा हरेक नागरिकहरु आफै सचेत हुने र आफु पनि बाच्ने र अरुलाई पनि बचाउने अभियानमा सवै नागरिकहरुलाई लाग्नुहोस भन्न चाहान्छु ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्