समाजका कुरा : बोक्सी आरोप लगाउने ३ जना पक्राउ – Kanika Khabar
Sunday, May 19Nepali News Portal

समाजका कुरा : बोक्सी आरोप लगाउने ३ जना पक्राउ

    मा प्रकाशित

कनिका खबर
कार्तिक २६, दाङ ।
दाङ जिल्लामा महिलालाई बोक्सीको आरोप लगाउने ३ जना पक्राउ परेका छन् । बोक्सी भन्दै गाली गलौज गरेको आरोपमा घोराही र तुलसीपुरबाट २ महिला र १ पुरुष गरी ३ जना पक्राउ परेका हुन् । पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका वडा नम्बर १६ की बर्ष २८ की दिपा बाठाँ मगर र बर्ष ४५ की नौमती महरा रहेको प्रहरीले जनाएको छ । उनीहरुले कार्तिक २१ गते धामी झाक्रीको भेषमा काम्दै सोही ठाउँकी दुई महिलाको घरमा गई बोक्सी भन्दै गाली गलौज गरेका थिए ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता तथा सूचना अधिकृत सुमित खड्का अनुसार पीडित महिलाले बोक्सी भन्दै गाली गलौज गरी इज्जत मान प्रतिष्ठामा आँच पुर्‍याएको भनी जाहेरी दिएका छन् । पक्राउ परेका दुई महिला माथि थप अनुसन्धान भइरहेको उनले बताए ।

यस्तै कार्तिक १५ गते तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ५ बस्ने ३० वर्षीया एक महिलालाई बोक्सी भन्दै गाली गलौज गरेको आरोमा सोही वडा स्थित संगितनगर टोल बस्ने देब बहादुर परियार पक्राउ परेका छन् । पीडित महिलाले दिएको जाहेरीमा देब बहादुरले हातपात समेत गरेको उल्लेख गरिएको प्रवक्ता खड्काले बताए । उनी माथि पनि आवश्यक अनुसन्धान कार्य भईरहेको खड्को भनाई छ।

 

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्