सल्यानमा अलैँची घरमै थन्कियो – Kanika Khabar
Tuesday, April 23Nepali News Portal

सल्यानमा अलैँची घरमै थन्कियो

    मा प्रकाशित

सरिता चलाउने
कार्तिक २६, सल्यान ।
उचित मूल्य नपाएपछि सल्यानका किसानले यस वर्ष हलैँची बिक्री गर्न सकेका छैनन् । विगतका वर्षहरुमा प्रतिकिलो दुई हजार पाँच सय रुपैयाँसम्म बिक्री भएको अलैँची यस वर्ष ६ सय २५ रुपैयाँ किलोमा घट्दा बिक्री गर्न नसकेको हो ।
१ रोपनीमा लगाएको अलैँचीले मूल्य नपाएपछि घरमै थन्किएको बनगाड कुपिण्डे नगरपालिका वडा ६ काराकोटका ४६ वर्षीय किसान टोपबहादुर पुनले बताए । ५ सय रुपैयाँकिलोमा पनि बिक्री नभएपछि धेरै बोटहरु उखेलेर फालेको उनले बताए ।
अन्नबाली लगाउने बारीमा अलैँचीखेती गर्दै आएका किसान अलैँचीको मूल्य नपाएपछि मारमा परेका अर्का किसान भीमबहादुर यरीले बताए । कोरोना भाइरस संक्रमणका कारण भएको लकडाउनपछि अलैँचीको कारोबार ठप्प हुँदा भारत निकासी हुन नसकेपछि यस वर्ष अलैँचीको कारोबार ठप्प भएको कृषि विकास कार्यालय सल्यानले जनाएको छ ।
अदुवा र बेसार पछिको तेस्रो नगदेबालीको रुपमा रहेको अलैँची जिल्लामा १५ हेक्टर क्षेत्रमा खेती हुँदै आएको कृषि विकास कार्यालय सल्यानका निमित्त कार्यालय प्रमुख महेश आचार्यले जानकारी दिए । जिल्लामा वार्षिक १६ मेट्रिक टन अलैँची उत्पादन हुने गरेको उनको भनाइ छ । नगदेबालीको रुपमा रहेको अलैँची खेतीप्रति किसानको आर्कषण बढेपनि निर्यात ठप्प हुँदा समस्या भएको उनले बताए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्