भारतमा कोरोना सङ्क्रमित घट्दै – Kanika Khabar
Friday, April 17Nepali News Portal

भारतमा कोरोना सङ्क्रमित घट्दै

    मा प्रकाशित

कनिका खबर
कार्तिक २६, दाङ ।
भारतमा कोरोना भाइरसको सङ्क्रमण दर घट्दै गएको छ । दुई महिना अघिसम्म एकैदिन एक लाख हाराहारीसम्म सङ्क्रमित भेटिएका भारतमा अहिले यो संख्या औषत ४० हजारमा झरेको छ । पछिल्लो २४ घण्टामा थप ४४ हजार ६७९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । यो सँगै भारतमा सङ्क्रमितको संख्या ८६ लाख ३५ हजार ७५४ पुगेको छ । सङ्क्रमितमध्ये अहिलेसम्म ८० लाख ११ हजार ८४४ जना सङ्क्रमणमुक्त भएका छन् । यस्तै भारतमा कोरोना भाइरसको सङ्क्रमणले मृत्यु हुनेको संख्या १ लाख २७ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा थप ५११ जनाको मृत्यु भएसँगै भारतमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ लाख २७ हजार ६१५ पुगेको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्