भारतमा कोरोना सङ्क्रमित घट्दै – Kanika Khabar
Saturday, April 20Nepali News Portal

भारतमा कोरोना सङ्क्रमित घट्दै

    मा प्रकाशित

कनिका खबर
कार्तिक २६, दाङ ।
भारतमा कोरोना भाइरसको सङ्क्रमण दर घट्दै गएको छ । दुई महिना अघिसम्म एकैदिन एक लाख हाराहारीसम्म सङ्क्रमित भेटिएका भारतमा अहिले यो संख्या औषत ४० हजारमा झरेको छ । पछिल्लो २४ घण्टामा थप ४४ हजार ६७९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । यो सँगै भारतमा सङ्क्रमितको संख्या ८६ लाख ३५ हजार ७५४ पुगेको छ । सङ्क्रमितमध्ये अहिलेसम्म ८० लाख ११ हजार ८४४ जना सङ्क्रमणमुक्त भएका छन् । यस्तै भारतमा कोरोना भाइरसको सङ्क्रमणले मृत्यु हुनेको संख्या १ लाख २७ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा थप ५११ जनाको मृत्यु भएसँगै भारतमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ लाख २७ हजार ६१५ पुगेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्