राष्ट्रियता प्रति गम्भीर बन्न नागरिक समाजको आग्रह – Kanika Khabar
Sunday, September 8Nepali News Portal

राष्ट्रियता प्रति गम्भीर बन्न नागरिक समाजको आग्रह

    मा प्रकाशित

दुख हरण यादव
जेठ १, दाङ।

अाज नागरिक समाज देउखुरीले सरकारलाई ध्यानाकर्षण पत्र बुझाएकाे छ ।भारतले नेपाली भूमि मिचेको विरोधमा नागरिक समाज देउखुरीले ईलाका प्रशासन कार्यालय लमही मार्फत नेपाल सरकारलाई ध्यानाकर्षण पत्र बुझाएको हाे । नागरिक समाज दाङका उपसंयोजक निमबहादुर थापाको अगुवाईमा टोलीले ईलाका प्रशासन कार्यालय लमहीका निमित्त प्रमुख ईश्वरी भारतीलाई ध्यानाकर्षण पत्र बुझाएको हो ।
ज्ञापन पत्र बुझाउँदै नागरिक समाज दाङका सदस्य जागेश्वर घिमिरेले तत्काल आफूहरुका मागलाई सम्बोधन गर्न र सरकार राष्ट्र र राष्ट्रियताप्रति गम्भीर बन्न आग्रह गरेका छन् । लामो सयमदेखि भारतीय सेनाले नेपालको कालापानी क्षेत्रमा डेरा जमाएर बसेको इतिहास साक्षी रहेको भन्दै नेपाली जनताले पहिलेदेखि नै विरोध जनाउँदै आएको स्मरण गराएको छ ।
इलाका प्रशासन कार्यालय लमहीका निमित्त प्रमुख इश्वरी भारतीलाई बुझाइएको ज्ञापन पत्रमा राजनीतिक रुपमा धेरै ठूला परिवर्तन भए पनि कालापानीको मुद्धा थप जटिल बन्दै जानु सकरात्मक विषय नभएको भन्दै राज्यले आफ्नो राज्य, भूमि र जनताको संरक्षण सम्वार्दन गर्नै पर्ने उल्लेख छ ।
ज्ञापनपत्रमा सरकारले तत्कालै नेपाल सरकारले चिन र भारतीय राजदुत मार्फत नेपाली लिपुलेकमा सडक बनाएर हस्तक्षेप गरेको प्रति असहमति जाहेर गर्नुपर्ने, प्रधानमन्त्रीले छिमेकी समकक्षीसंग तत्काल बार्ता प्रारम्भ गर्न, त्रिदेशीय सिमा पहिचान र व्यवस्थापनका नेपाली बिज्ञहरुको राय लिएर पहल थाल्नुपर्ने, भारतले पूर्व मेची देखी महाकाली सम्म सिमा अतिक्रमणको विषयलाई इतिहासिक तथ्य र प्रमाणको आधारमा अन्तराष्ट्रियकरण गर्न समेत आग्रह गरिएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्