सहमतिपछि खुल्यो पूर्वपश्चिम राजमार्ग – Kanika Khabar
Thursday, March 28Nepali News Portal

सहमतिपछि खुल्यो पूर्वपश्चिम राजमार्ग

    मा प्रकाशित

कनिका खबर
कार्तिक २६, दाङ ।
हिजो मंगलबार दाङको देउखुरीमा ट्रकको ठक्करबाट मृत्यु भएका तीन जना युवकका परिवारलाई क्षतिपूर्ति दिने सहमतिपछि पूर्व पश्चिम राजमार्ग खुलेको छ । अहिले मृत्यु भएका तीन जनाको परिवारलाई तत्काल किरिया खर्च र क्षतिपुर्ति दिलाउने शर्तमा सहमति भएपछि अबरुद्ध राजमार्ग खुलेको हो ।

स्थानीय जनप्रतिनिधि, प्रहरी प्रशासन, मृतकका आफन्तहरुबीच भएको सहमतिमा उक्त ट्रकको चालकलाई कानुन अनुसार कार्वाही हुनु पर्ने, मृतकका नजिकका आफन्तले कानुन अनुसार पाउनु पर्ने उचित क्षतिपूर्ति दिलाई दिने र उक्त क्षतिपूर्ति दिन आलटाल गरे हदै सम्मको सजाय माग दाबी गर्दै सहमति भएको हो ।

दुई पक्षीय सहमति भएपछि सवारी साधन सञ्चालनमा आएका छन् । मृतकको शबलाई पोष्टमाटम गरेर आफन्तलाई बुझाउने तयारी भैरहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता सुमित खड्काले जानकारी दिए । हिजो साँझ देउखुरी स्थित पूर्व–पश्चिम राजमार्गअन्तर्गत राप्ती गाउँपालिका–४ मौरीघाटमा ट्रकको ठक्करबाट राप्ती गाउँपालिका–५ का १६ वर्षीय मनोज गाहामगर, २ लालमझियाका १८ वर्षीय कसम पुनमगर र ८ पिपरीका १८ वर्षीय दिनेश घर्तीमगरको मृत्यु भएको थियो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्