दाङ र कर्णाली एक अर्काका परिपूरक हुन् : शाही – Kanika Khabar
Friday, March 29Nepali News Portal

दाङ र कर्णाली एक अर्काका परिपूरक हुन् : शाही

    मा प्रकाशित

कनिका खबर
कार्तिक २६, दाङ ।
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रवहादुर शाहीले दाङ कर्णाली प्रदेशको आधार भएको वताएका छन् । कर्णालीको मुख्यबजारका रुपमा दाङ्ग रहेको उल्लेख गर्दै मुख्यमन्त्री शाहीले दाङ र कर्णालीलाई लिंक गर्नपर्ने कुरामा जोड दिएका थिए । ‘दाङ र कर्णाली अलग अलग प्रदेश भए पनि परिपुरक जस्तै हुन्’ मुख्यमन्त्री शाहीको भनाई थियो ।

तुलसीपुर उपमहानगरपालिकाले आयोजना गरेको स्वागत कार्यक्रममा बोल्दै मुख्यमन्त्री शाहीले मिलेर विकासका पूर्वाधारमा काम गर्न अनुरोध गरे । उनले दाङ समृद्ध भए कर्णाली र कर्णाली समृद्ध भए दाङ समृद्ध हुने पनि वताए । दाङ विकासका दृष्टिले धेरै सम्भावना भएको जिल्ला भएको समेत उनको भनाई थियो ।

कार्यक्रममा बोल्दै आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले दाङ सुर्खेत सडक खण्ड निर्माणको अन्तिम चरणमा रहेको वताउँदै राप्ती राजमार्गका लागि १२ करोडको ठेक्का समेत भइसकेको वताए ।
राष्ट्रिय सभा सदस्य कोमल वलीले राप्ती राजमार्ग निर्माणको कामलाई अगाडी वढाउन कर्णाली प्रदेश सरकारको भुमिका महत्वपूर्ण हुने वताईन् ।

नेकपा दाङका अध्यक्ष टिकाराम खड्काले कर्णाली र दाङ प्रदेशका हिसाबले अलग भएपनि एकै भएको वताए

वडा नम्बर ३ का वडाध्यक्ष विरवहादुर विकले दाङ सल्यानको बैकल्पिक सडकको रुपमा दाङ मखनटाकुरी लुहाम सडक विस्तारको पहल गर्न अनुरोध समेत गरे । कार्यक्रमको सहजीकरण तुलसीपुर उपमहानगरपालिकाका प्रेस संयोजक वसन्त आचार्यले गरेका थिए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्