दीपावलीको अवसरमा सुरक्षाको कारण कडाई – Kanika Khabar
Friday, January 23Nepali News Portal

दीपावलीको अवसरमा सुरक्षाको कारण कडाई

    मा प्रकाशित

तिर्थराज ज्ञवाली
कार्तिक २६, मसुरीया(देउखुरी दाङ) ।
राप्ती गाउँपालिका क्षेत्र भित्र हिन्दुहरुको महान पर्व दिपावलीको अवसरमा सुरक्षाको कारण विभिन्न विषयमा कडाई गरिएको छ ।
पछिल्लो समय कोरोना महामारी, दुर्घटना, चोरी लुटपाट तथा अन्य आपराधिक क्रियाकलापमा रोक लगाउन सम्पुर्णमा सार्वजनिक रुपमा भिडभाड, देउसी भैलो खेल्न लगायतका क्रियाकलापमा रोक लगाएको हो ।
बुधवार बसेको राप्ती गाउँपालिका सामाजिक विकास समितिको बैठकले देउसी भैलो, भिडभाड, जुवा तास, होहल्ला रोक लगाउन सम्वन्धित सबैमा सुचना जारी गरेको हो ।
राप्ती गाउँपालिका सामाजिक विकास समिति संयोजक विद्याशरण चौधरीको अध्यक्षतामा बसेको बैठकले कोरोना महामारी समेत बढ्दै गएको कारण नागरिकलाई घरमै बसेर तिहार मनाउन समेत अनुरोध गरेको छ ।
दशैको अवसरमा नागरिकले लापर्वाह गरेकै कारण कोरोना दशै पछि तिब्र बढेको निर्कष निकाल्दै टाढा वाट आउने जाने चेलिबेटि, दाजुदाई दिदी बहिनी लाई यस पटक भिडियोकल वा फोन सम्पर्क बाटै टिकाटालो गर्न समेत अनुरोध गरिएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्