कनिका खबर
कार्तिक २७, काठमाडौँ ।

राष्ट्रिय सूचना आयोगले सूचना उपलब्ध नगराउने कार्यालयसँग लिखित जवाफ माग गरेको छ । आयोगले एकै दिन सूचना उपलब्ध नगराउने ३२ वटा कार्यालयलाई ७ दिनभित्र लिखित जवाफ पेश गर्न आदेश दिएको हो ।
आयोगको दुई दिनअघि बसेको बैठकले सूचनाको हकसम्बन्धी ऐन र नियमावली अनुसार सूचना उपलब्ध नगराउने ४ वटा संघीय सरकारका मन्त्रालय, ६ वटा स्थानीय तह, ४ वटा विद्यालय तथा क्याम्पस २ वटा प्रहरी कार्यालय, २ वटा जिल्ला प्रशासन कार्यालय लगायतलाई ७ दिनभित्र लिखित जवाफ पेश गर्न आदेश दिएको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग, कानुन आयोग, राष्ट्रिय खेलकुद परिषद, पाठ्यक्रम विकास केन्द्र लगायतका कार्यालयले सूचना उपलब्ध नगराएको आयोगले बताएको छ ।
आर्थिक वर्ष २०७५/०७६ मा भने आयोगमा परेका १ हजार १ सय ४४ उजुरीमध्ये सबैभन्दा बढी ६ सय १४ प्रशासन तथा सञ्चार सम्बन्धि र त्यसपछि ४ सय ३७ आर्थिक क्षेत्रको सूचना नपाएको उजुरी परेको थियो ।


