स्वास्थ्य सेवा कार्यालयको भवन उद्घाटन – Kanika Khabar
Monday, May 20Nepali News Portal

स्वास्थ्य सेवा कार्यालयको भवन उद्घाटन

    मा प्रकाशित

अर्जुन बोहरा
कार्तिक २७, हुम्ला ।
जिल्ला स्वास्थ्य सेवा कार्यालय हुम्लाको प्रशासनको नयाँ भवन उद्घाटन गरिएको छ । बुधबार एक कार्यक्रमकाबिच कणर्ाली प्रदेशका प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले भवनको उद्घाटन गर्नुभएको हो । भवन उद्घाटनका लागि कणर्ाली प्रदेशका प्रदेश प्रमुख गोविन्द प्रसाद कलौनी र सामाजिक मन्त्रीको टोलि हुम्ला पुगेको हो ।स्वाथ्य सेवा कार्यालय हुम्लाको नवनिर्मित भवन २ करोड ९७ लाख ९१ हजार ७ सय २२ रुपैँया ८९ पैंसा लागतमा निर्माण भएको हो । १३ कोठाको सुविधासम्पन्न उक्त भवन डिभिजन कार्यालय जुम्लाको आर्थिक सहयोगमा निर्माण सम्पन्न भएको स्वास्थ्य प्रमुख प्रेमबहादुर सिंहले जानकारी दिनुभयो । कार्यक्रममा जिल्ला स्वास्थ्य सेवा कार्यालय हुम्लामा आइ परेका विभिन्न समस्या र समाधानका बारेमा स्वास्थ्य सेवा प्रमुख सिंहले कुरा राख्नुभएको थियो । कार्याक्रममा बोल्दै, कणर्ाली प्रदेशका प्रमुख गोविन्द प्रसाद कलौनीले कणर्ाली सम्भावना बोकेको प्रदेश भएकाले यहाँको समस्यालाई नजिकबाट बुझ्ने मौका पाएको बताउनुभयो । प्रकृतिले दिएको चीजलाई सदुपायेग गराउन आफूले प्रदेश, संघ सरकारलाई बढी भन्दा बढी ध्यान दिनका लागि आग्रह गर्ने समेत उहाँले बताउनुभयो ।यस्तै स्वास्थ्य संरचना र स्वास्थ्यको जनशक्तिले निकै पछि रहेको कणर्ाली प्रदेशमा आफ्नो दुई वर्षको कार्यकालमा निकै अगाडी बढ्नुका साथै संघ सरकारले प्रशंसा समेत गरेको सामाजिक विकास मन्त्री दल रावलले बताउनुभयो । अबको थप दुई वर्षमा हुम्लालाई २५ शैयाको अस्पतालबाट ५० शैयाको अस्पतालमा रुपान्तरण गर्ने रावलले बताउनुभयो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्