प्रदेशको सहयोगमा किम्ताङमा प्रहरी चौकी – Kanika Khabar
Tuesday, January 20Nepali News Portal

प्रदेशको सहयोगमा किम्ताङमा प्रहरी चौकी

    मा प्रकाशित

कनिका खबर
कार्तिक २७, नुवाकोट ।
सर्वसाधारणको सुरक्षाका लागि नुवाकोटका दुई स्थानमा निर्मित प्रहरीचौकीहरूबुधबार हिजो उद्घाटन गरिएको छ । नुवाकोटको दुर्गम भेग किम्ताङ र विदुरमा निर्मित आधुनिक प्रहरीचौकी भवनको निर्माण सकिएसँगै उद्घाटन गरिएको हो ।सशस्त्र युद्ध र विनाशकारी भूकम्पले क्षति पुगेका प्रहरी इकाइको पुनःनिर्माणअन्तर्गत वागमति प्रदेश सरकारको सहयोगमा म्यागङ गाउँपालिका वडा नं. ४ किम्ताङमा आधुनिक र सुविधायुक्त प्रहरी कार्यालय भवनको निर्माण गरिएको हो । जिल्ला प्रहरी कार्यालय परिसर विदुरमा निर्मित भवनकोसमेत एकै दिन उद्घाटन गरिएको छ ।सदरमुकाम विदुरदेखि ३० किलोमिटर पश्चिममा रहेको किम्ताङमा सर्वसाधारणको शान्ति सुरक्षामा प्रभावकारिता ल्याउनका लागि पक्की आधुनिक प्रहरी कार्यालय भवनको निर्माण गरिएको हो । वागमति प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आर्थिक सहयोगमा प्रहरी कार्यालयका भवनहरू निर्माण भएको हो ।किम्ताङमा निर्मित अढाई तले भवनभित्र कार्यालय, व्यारेक, थुनुवा कक्ष, मेस तथा आवाससमेत गरि १० कोठा रहेका छन् । प्रदेश सरकारको सहयोगमा कुल एक करोड ९६ लाख २ हजार ३ सय ७२ रुपैयाँको लागतमा निर्माण सम्पन्न भएको जिल्ला प्रहरी प्रमुख तथा प्रहरी उपरिक्षक तुलबहादुर कार्कीले जानकारी दिनुभयो । नवनिर्मित भवनको हिजो बागमति प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जमरकट्टेलले उद्घाटन गर्नुभएको हो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्