नुवाकोटको एक पालिकामा एकल पुरुषलाई मासिक भत्ता – Kanika Khabar
Sunday, May 19Nepali News Portal

नुवाकोटको एक पालिकामा एकल पुरुषलाई मासिक भत्ता

    मा प्रकाशित

कनिका खबर
कार्तिक २७, नुवाकोट ।
नुवाकोटको एक गाउँपालिकाले अब एकल पुरुषलाई मासिक भत्ता दिने भएको छ । जिल्लाको एक गाउँपालिकाले एकल पुरुषलाई समेत मासिक भत्ता दिने निणर्य गरेको हो ।
विदुरदेखि ५० किलोमिटर पूर्वमा रहेको शिवपुरी गाउँपालिकाले पहिलो पटक एकल पुरुषलाई पनि मासिक रुपमा भत्ता उपलव्ध गराउने भएको हो । गाउँपालिका अध्यक्ष रामकृष्ण थापाले गाउँपालिकाको बजेटबाट एकल पुरुषलाई मासिक एक हजार रुपैयाँ भत्ता दिने निणर्य भएको जानकारी दिएका छन् । ‘भत्ता पाउने एकल पुरुषको उमेर ६० वर्ष पुगेको हुनुपर्ने न्युनतम मापदण्ड कायम गरिएको छ ।६० देखि७० वर्षका पुरुषलाई मात्रै भत्ता दिने मापदण्ड बनाइएको छ ।’ उनले भने ।
७० वर्षदेखि वृद्धभत्ता नै पाउने भएकाले दोहोरो सुविधा नपाउने व्यवस्थाका लागि उमेर हद तोकिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाको यस सहयोगले बुढेसकालमा एकल बस्नेलाई काम लागोस् भनेर यस्तो व्यवस्था गरिएको अध्यक्ष थापाको भनाइ छ । सो गाउँपालिकामा ८ वटा वडा रहेका छन् । अहिले सबै वडामा एकल पुरुषको संख्या संकलन गर्ने काम भइरहेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्