कनिका खबर
कार्तिक २७, दाङ ।
नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ९ सय १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमतिको कुल संख्या २ लाख ४ हजार २४२ जना पुगेको छ ।
पछिल्लो २४ घण्टामा थप २ हजार ३ सय ४९ जना संक्रमणमुक्त भएका छन् भने हालसम्म संक्रमणमुक्त हुनेको संख्या १ लाख ६४ हजार ५ सय ९२ जना पुगेको छ । हाल देशभर ३८ हजार ४ सय ६१ जना सक्रिय संक्रमित रहेका छन् ।
यस्तै पछिल्लो २४ घण्टामा थप १५ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ हजार १ सय ८९ जना पुगेको छ ।


