`काङ्ग्रेस बलियाे हुन प्रजातन्त्र बलियाे´ – Kanika Khabar
Monday, May 6Nepali News Portal

`काङ्ग्रेस बलियाे हुन प्रजातन्त्र बलियाे´

    मा प्रकाशित

शरद सागर देवकाेटा

लमही कार्तिक २७ ।

स्कुल अफ डेमेक्रेसी जिल्ला कमिटी दाङको प्रथम बैठक तथा दिपावलीको शुभकामना आदान प्रदान एबम योजना तर्जुमा सम्बन्धि छलफल आज सम्पन्न भएको छ । स्कुल आफ डेमेक्रेसी दाङका अध्यक्ष बिमला योगीको अध्यक्षता तथा स्कुल अफ डेमेक्रेसीका केन्द्रीय अध्यक्ष नैनसिह महरको प्रमुख आतिथ्यता तथा नेपाली काग्रेस स्थानीय तह समन्वय बिभागका सचिब एबम स्कुल अफ डेमेक्रेसीका बिषय बिज्ञ नहकुल केसीको बिशिष्ट आत्थ्यिमा भर्चअल माध्यम बाट कार्यक्रम भएको थियो । सो अबसरमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि नैनसहि महरले आम नागरिकलाई लोकतनत्रको अनुभुति र प्रत्याभुति दिलाउनका लागि नेपाली काग्रेसको शुभेच्छुक सस्थाको रुपमा स्कुल आफ डेमोक्रेसीको भुमिका महत्वपुर्ण हुने बताए। उनले गलत प्रबृतिलाई निस्तेज पार्न र संबिधान प्रदत्त नागरिकका मौलिक अधिकारहरु स्थापित गर्न स्कुल आफ डेमेक्रेसीले गाउतहबाटै पहरेदारी र खबरदारी गर्न आबश्यक रहेको बिचार ब्यक्त गरे । कार्यक्रममा बिषय बिज्ञ नहकुल केसीले लोकतनत्रको सुदृढीकरण, निर्बाचन पद्दतिको सरलिकरण, सबै जातजातिको समाबेशीकरण स्कुल अफ डेमेक्रेसिको मुल मनत्र भएकोले नेपाली काग्रेस पार्टीलाई सबै जातजातिले राम्रो र हाम्रो पार्टी हो भन्ने आत्मबोध गराउन स्कुल अफ डेमेक्रेसीले भुमिका खेल्नुपर्ने बताए । उनले निर्बाचन पद्दति महङगो भएको गुनासो पार्टी पङ्तिमै उठ्ने गरेका कारण यसलाई निस्तेज पार्न जरुरी रहेका बताए । केसीले नेपाली काग्रेसलाई सुदृढ गराउन र प्रजातनत्रलाई बलियो बनाउन स्कुल अफ डेमेक्रेसीको अबधारणा, आएकाले यसले गाउँ केन्द्रित कार्यक्रम गरी राजनीतिक जागरण फैलाउनु पर्ने बताए । सो अबसरमा बोल्ने सबै बक्ताहरुले दिपालीको उपलक्ष्यमा शुभकामना दिदै कोरोनाको जोखिम बाट बच्नको लागी सुरक्षित तरिकाले परिवारमा दिपावली पर्ब मनाउन अनुरोध गरेका थिए। कोरोना भाईरसबाट बच्न र सुरक्षित रहेर दिपावली मनाउन पनि सबै जिल्लाबासीहरुमा शुभकामना दिदै अनुरोध गर्नुभएको स्कुल अफ डेमेक्रेसीका जिल्ला उपाध्यक्ष शुष्मा गिरीको स्वागत मनतब्यबाट शुरु भएको कार्यक्रमको सहीजकरण सचिब लिला शाहले गरेकी थिइन्।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्