तुलसीपुरमा बैकहरु ३ दिन मात्र खुल्ने – Kanika Khabar
Tuesday, February 18Nepali News Portal

तुलसीपुरमा बैकहरु ३ दिन मात्र खुल्ने

    मा प्रकाशित

कनिका संवाददाता
जेठ १, दाङ ।

दाङको तुलसीपुरमा लकडाउनको संवेदनशीलतालाई मध्यनजर गरेर तीन दिन मात्रै बैकहरु खुल्ने भएका छन् । उपमहानगरपालिकामा यस क्षेत्रका विभिन्न वैकर्सहरुका विचमा भएको छलफलमा ३ दिन बैक खोल्ने सहमति भएको हो । ‘आइतवार, मंगलबार र बिहिवार वैकहरु खुल्ने भएका छन्’ लक्ष्मी विकास वैकका म्यानेजर सरोज चौधरीले वताए ।

नगरप्रमुख घनश्याम पाण्डेको अध्यक्षतामा भएको छलफल कार्यक्रममा सातामा तीन दिन विहान १० वजेदेखि दिउँसो १ वजेसम्म बैक खोल्ने निर्णय भएको हो । बैक खोल्दा अनिवार्य रुपमा सामाजिक दूरी कायम गर्ने, मास्क र स्यानिटाइजरको प्रयोग गर्नुपर्नेछ । पछिल्लो समय वैकमा बाक्लो भीडका कारण संक्रमणको चूनौति वढेको थियो । कतै बैंक नै कानेरोनाको इपिसेन्टर बन्ने त होइनन् भनने त्रास पनि त्यतिकै बढेर गएको थियो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्