मा प्रकाशित
कनिका खबर
कार्तिक २७, दाङ
बहराइनका प्रधानमन्त्री शेख खलिफा बिन सलमान अल खलिफाको निधन भएको छ । उहाँको हिजो ८४ वर्षको उमेरमा निधन भएको हो । बहराइनका समाचार संस्थालाई उल्ले गर्दै अलजजिराले तयार पारेको समाचार अनुसार उहाँको अमेरिकाको मायो क्लिनिक हस्पिटलमा निधन भएको हो । यसबारेमा अन्य विवरण भने दिइएको छैन । लामो समय प्रधानमन्त्री पदमा रहेका शेख खलिफाको निधनपछि बहराइनका राजा हमाद बिन इसा अल खलिफाले युवराज सलमान अल खलिफालाई मुलुकको नयाँ प्रधानमन्त्री नियुक्त गर्नुभएको छ ।


