आज काग तिहार – Kanika Khabar
Friday, March 13Nepali News Portal

आज काग तिहार

    मा प्रकाशित

कनिका खबर
कार्तिक २८, दाङ ।
आज तिहारकाे दाेस्राे दिन काग तिहार परेकाे छ । आजकाे दिन यमराजका दूतका रूपमा कागको विशेष पूजाआजा गरिन्छ।
कार्तिक कृष्ण त्रयोदशीका दिनमा हरेक वर्ष बिहान यमराजको दूतका रुपमा कागलाई पूजाआजासहित मीठो-मीठो चीजबीज खान दिइन्छ ।

बिहान सूर्योदयकालमा त्रयोदशी भएको दिन काग तिहार मनाउनुपर्ने भएकाले आज कागतिहार मनाइने निर्णय गरिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएकाे छ ।
यमराजले लोकको खबर कागका माध्यमबाट थाहा पाउने भएकाले कागलाई यमदूतका रुपमा मान्ने शास्त्रीय विधान रहेको छ ।
कागले यमराज समक्ष राम्रो खबर लगिदियोस् भनेर आजका दिन कागलाई मीठो–मीठो खान दिई खुसी पार्ने गरिएको हो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्