राजनीतिक नियुक्तिबारे संसदीय सुनुवाई समितिले प्रधानमन्त्रीसँग छलफल गर्ने – Kanika Khabar
Tuesday, June 9Nepali News Portal

राजनीतिक नियुक्तिबारे संसदीय सुनुवाई समितिले प्रधानमन्त्रीसँग छलफल गर्ने

    मा प्रकाशित

कनिका खबर
कार्तिक २८, काठमाडौं
संवैधानिक तथा राजनीतिक नियुक्तिहरू संविधानमा गरिएको व्यवस्थाअनुसार समानुपातिक तथा समावेशी नभएको भन्दै संसदीय सनुवाइ समितिले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बोलाउने निर्णय गरेको छ । संसदीय सुनुवाइ समितिको हिजो बसेको बैठकले मंसिर दोस्रो साताभित्र प्रधानमन्त्रीलाई बोलाउने निर्णय गरेको समिति सभापति लक्ष्मणलाल कर्णले जानकारी दिनुभयो । समितिको बैठकमा संवैधानिक तथा राजनीतिक नियुक्तिबारे सांसदहरूले कुरा उठाएका थिए । समितिले अमेरिका, बेलायत र दक्षिण अफ्रिकाका लागि प्रस्तावित राजदूतको नाम अनुमोदन गरेको छ । संसदीय सुनुवाई समितिको आजको बैठकले अमेरिकाका लागि प्रस्तावित राजदूत डाक्टर युवराज खतिवडा, बेलायतका लागि प्रस्तावित राजदूत लोकदर्शन रेग्मी र दक्षिण अफ्रिकाका लागि प्रस्तावित राजदूत निर्मलकुमार विश्वकर्माको नाम सुनुवाई पछि अनुमोदन गरेको हो । संसदीय सुनुवाई समितिका सभापति लक्ष्मणलाल कर्णले सरकारद्वारा प्रस्तावित राजदूतको नाम संसदीय सुनुवाई पछि अनुमोदन भएको जानकारी दिनुभयो । असोज १५ गते बसेको मन्त्रिपरिषद्को बैठकले खतिवडा, रेग्मी र विकलाई राजदूतमा सिफारिस गरेको थियो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्