सीमा अतिक्रमणको बिरोधमा नेपाल विद्यार्थी संघको मशाल जुलुस – Kanika Khabar
Sunday, May 31Nepali News Portal

सीमा अतिक्रमणको बिरोधमा नेपाल विद्यार्थी संघको मशाल जुलुस

    मा प्रकाशित

जेठ १, पाँचथर

नेपाल विद्यार्थी संघले पाँचथर सदरमुकाम फिदिम बजारमा भारतले गरेको सीमा अतिक्रमणको बिरोधमा मशाल जुलुस निकालेको छ ।

बिहीबार साँझ मुख्य बजार क्षेत्रमा विद्यार्थीहरुको समूहले जुलस प्रदर्शन गरेका हुन् । पाँचथरको फालेलुङ र दार्चुलाको लिपुलेक, कालापानी र लिम्पियाधुरा क्षेत्रमा भारतले गरेको अतिक्रमणको बिरोधमा विद्यार्थीहरुले जुलुसमा नारा लगाएका थिए ।

नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले राँको खोसेर अकस्मात निस्किएको जुलुशलाई तितरबितर बनाएको थियो । नेपालको भूमिमा निर्माण भइरहेको पर्यटन स्मृति पार्क भारतीय सुरक्षाकर्मीले बनाउन अवरोध खडा गरेकोमा विद्यार्थी आन्दोलित भएका हुन् ।

उनीहरुले ‘फालेलुङको सीमाक्षेत्र हाम्रो हो’, ‘लिपुलेक, कालापानी, लिम्पियाधुरा हाम्रो हो’ भन्दै नारा लगाएका थिए ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्