नेकपा सचिवालयको बैठक मंसिर ३ गतेसम्मका लागि स्थगित – Kanika Khabar
Thursday, April 30Nepali News Portal

नेकपा सचिवालयको बैठक मंसिर ३ गतेसम्मका लागि स्थगित

    मा प्रकाशित

कनिका खबर
कार्तिक २८, काठमाडौं
सत्तारूढ नेकपाको सचिवालय बैठक केहीबेर बसेर सकिएको छ ।

शुक्रबार अपराह्न ४ बजेपछि प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठक मंसिर ३ गतेसम्मका लागि स्थगित भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

बैठक माग गर्दै कात्तिक २२ मा कार्यकारी अध्यक्ष पुष्पकमल दाहालसहित सचिवालयका ५ नेताले प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीलाई बुझाएको पत्र र त्यसको जवाफमा प्रधानमन्त्री ओलीले अध्यक्ष दाहाललाई दिएको पत्र अध्ययनका लागि सचिवालयका सदस्यहरुलाई वितरण गरिएको पनि प्रवक्ता श्रेष्ठले बताए ।

दुवै पत्र अध्ययनका लागि समय चाहिएको कारण मंसिर ३ सम्मका लागि बैठक स्थगित भएको पनि उनले जानकारी दिए ।

आगामी बैठकमा पार्टी स्थायी कमिटीको निर्णय कार्यान्वयन र पार्टीको आन्तरिक मामलामा देखिएको समस्यामा छलफल हुने एजेण्डा तय भएको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

उनले भने, ‘पार्टीमा उत्पन्न संकट, समस्या र त्यसको समाधानलाई कार्यसूची बनाएर छलफल गर्ने निष्कर्ष निकालियो ।’

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्