सीमा विवादका लागि कार्यदल गठन गर्न कांग्रेसले माग (भिडियोसहित) – Kanika Khabar
Friday, November 13Nepali News Portal

सीमा विवादका लागि कार्यदल गठन गर्न कांग्रेसले माग (भिडियोसहित)

    मा प्रकाशित

कनिका खबर
कार्तिक २९, दाङ ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले चीनसँगको सीमा विवादलाई समाधान गर्न पहल चाल्ने भएको छ । विवाद समाधानका लागि काङ्ग्र्सले समाधानका लागि कार्यदल बनाउन माग गरेको छ ।

हिजो शुक्रबार बसेको केन्द्रीय समिति बैठकले चिनियाँ सरकारको ‘प्रतिनिधित्व गर्ने’ ग्लोबल टाइम्सले कांग्रसमाथि लगाएको आरोपप्रति गम्भीर ध्यानाकर्षण भएको बताएको छ । साथै काङ्ग्रेसले सीमा समस्या समाधानका लागि दुई देश बीच कार्यदल गठन गर्न माग गरेको हो ।

‘ नेपाली कांग्रेस दुबै देशको संयुक्त सीमा सम्बन्धी कार्यदलले यस सम्बन्धमा यथार्थ के भएको हो स्थानीय सरोकारवालाहरुको भनाइ, सीमा क्षेत्रको भूमिको ऐतिहासिक भोगचलन र त्यस सम्बन्धी तथ्यांक र जीवनबहादुर शाहीको टोलीले उठाएका मुद्दाहरुलाई समेत ध्यानमा राखी छानविन गरी यथार्थ स्थिति सार्वजनिक गर्न माग गर्दछ ।’कांग्रेसद्वारा जारी वित्रप्तिमा उल्लेख छ ।

 

कांग्रेसद्वारा जारी विज्ञप्ति

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्