काभ्रेमा विद्यार्थीका लागि निःशुल्क सिम – Kanika Khabar
Monday, May 6Nepali News Portal

काभ्रेमा विद्यार्थीका लागि निःशुल्क सिम

    मा प्रकाशित

यश कुमार परियार
कार्तिक २९, काभ्रे ।
काभ्रेमा पहिलो पटक जनजागृती आधारभूत विद्यालयले विद्यार्थीहरुलाई निःशुल्क सियुजी सिम वितरण गरेको छ । नमोबुद्ध नगरपालिका वडा नं २ मा रहेको यस विद्यालयले हालसम्म ७० जना विद्यार्थीलाई सिम कार्ड वितरण गरेको विद्यालयका प्रधानाध्यापक शितल दाहालले जानकारी दिए ।
नेपाल टेलिकमको ४ जी सेवा भएको सियुजी सिमकार्ड अनलाईनबाट पठनपाठन गर्न र सिकाई सहजिकरणको निमित्त वितरण गरिएको उनले बताए ।
कोरोना भाईरसका कारण शैक्षिक गतिबिधि बन्द भएको समयमा फोन तथा अनलाइनको माध्यमबाट शैक्षिक क्रियाकलापमा सक्रिय बनाउनको निमित्त सिमकार्ड वितरण गरिएको विद्यालयले जनाएको छ । अझै पनि विद्यार्थीहरु भर्ना हुन बाँकी रहेको र सिमकार्ड दिने कार्य जारी रहेको पनि दाहालले जानकारी दिए । सिमकार्ड पाउनको लागि अविभावकले नागरिकताको फोटोकपी र फोटो सहित सम्पर्क गर्न पनि विद्यालयले आग्रह गरेको छ ।
नमोबुद्व नगरपालिका वडा नं २ को कार्यालयले सिमकार्ड व्यवस्थापन गर्न सहयोग गरेको थियो । सामुदायिक विद्यालयका शिक्षक र विद्यार्थीबीच सिकाई सम्पर्क कायम गराउने उद्देश्यले नेपाल टेलिकम र शिक्षा तथा मानव स्रोत विकास केन्द्रको समन्वयमा नेपाल टेलिकमले प्रिपेड मोबाइल ‘पाठशाला सियुजी सिम’ निःशुल्क उपलब्ध गराउने छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले तयार गरेको ‘विद्यालय शिक्षा सम्बन्धी आकस्मिक कार्ययोजना २०७७’ अन्तर्गत टेलिकमले सस्तो दरमा यस्तो सिम दिन थालेको हो । यो सिममा अनलिमिटेड भ्वाइस सेवा, पाँच जिबी डेटा र बल्क एसएमएस उपलब्ध हुनेछ । सिमबाट शिक्षा तथा मानव स्रोत विकास केन्द्रको वेब पोर्टल निःशुल्क चलाउन समेत सकिन्छ । केन्द्रको वेबसाइटमा कक्षा १ देखि १० सम्मको सबै पाठ्यक्रम र पाठ्यसामग्रीहरु उपलब्ध हुनेछ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्