गोकुलले भने प्रचण्डलाई ‘प्रस्ताव फिर्ता लिने कि तनाव झेल्ने ?’ – Kanika Khabar
Tuesday, August 18Nepali News Portal

गोकुलले भने प्रचण्डलाई ‘प्रस्ताव फिर्ता लिने कि तनाव झेल्ने ?’

    मा प्रकाशित

कनिका खबर
कार्तिक २९, दाङ ।
सत्तारुढ दल नेकपाका नताहरुबिच आरोप प्रत्यारोप बढ्दै जान थालेको छ । हिजो शुक्रबारको सचिवालय बैठकमा दुई अध्यक्षबिच पत्र लेनदेन पश्चात सहमतिको सभ्वाना टाढा हुन थालेको छ । ओली पक्ष र प्रचण्ड पक्षका नेताहरुले सामाजिक सञ्जालमा स्टाटस लेख्दै एक पक्ष रअर्को पक्षका बिच जवाफ सवाल सुरु हुन थालेको छ
पूर्वमन्त्री गोकुल बाँस्कोटाले कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका कारण पार्टी एकताका सम्पूर्ण आधार समाप्त भइसकेको आरोप लगाएका छन्।

‘अविश्वास प्रस्ताव संसदमा पेश गर्दा प्रतिपक्षले लगाउने जस्ता अप्रमाणित आरोपको पुलिन्दा हेर्दा अब पार्टीको एकता जीवन्त राख्ने राजनीतिक, सांगठनिक र मनोवैज्ञानिक आधार सम्पूर्ण रूपमै समाप्त पारे जस्तो देखियो,’ बाँस्कोटाले अध्यक्ष प्रचण्डको नाम उल्लेख नगरी सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्।

साथै उनले प्रतिवेदन फिर्ता लिने वा गम्भीर तनावको यात्रा रोज्ने भन्दै प्रश्नसमेत गरेका छन्।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्