नेकपाको विवाद चुलियो, आरोप प्रत्यारोप बाक्लियो – Kanika Khabar
Saturday, April 27Nepali News Portal

नेकपाको विवाद चुलियो, आरोप प्रत्यारोप बाक्लियो

    मा प्रकाशित

कनिका खबर
कार्तिक ३०, दाङ ।
सत्तारुढ दल नेकपाभित्रको विवाद चुलिदै जान थालेको छ । शीर्ष नेतादेखि कार्यकतासम्मको मतभेदले विवादलाई बाक्लो रुप लिन थालेको छ ।
निकै लामो प्रयासपछि सहमति नजिक पुग्न खोजेको नेकपाको एकता फेरि गम्भीर मोडमा पुगेको हो । लिखित रुपमा नेताहरू आरोप प्रत्यारोपमा लागेपछि विवाद झन गिजोलिएको छ ।
दुई अध्यक्षबीच बिहीबार र शुक्रबार आदानप्रदान भएका आपसी ‘आरोपपत्र’ र दाहालप्रचण्डका नाममा सचिवालय बैठकमा पेस भएको एकल दस्ताबेजले नेकपालाई दुर्घटनाको डिलमा पु¥याएको नेताहरुले नै बताएका छन् ।
अध्यक्ष ओली निकटस्थ नेताहरूले प्रचण्डको प्रस्तावले त्यस्तो अवस्था उत्पन्न भएको बताउन थालेका हुन् । स्थायी समिति सदस्य शंकर पोखरेलले अध्यक्ष प्रचण्डले राखेको एकल प्रस्तावले पार्टी गम्भिर मोडमा पुगेको सामाजिक सञ्जालमा टिप्पणी गरेका छन् । उनले भनेका छन् ‘म कमरेड प्रचण्डलाई पार्टी एकताको रक्षाका लागि बैठकमा प्रस्तुत गरिएको एकल प्रस्ताव फिर्ता गरी एकताको मर्मअनुरूप छलफललाई अघि बढाउन हार्दिक अनुरोध गर्दछु, । ’
व्यक्तिगत विचार राख्न स्वतन्त्र भए पनि औपचारिक प्रस्ताव प्रस्तुत गर्नु पार्टी हित र नीति विपरीत भएको उहाँको टिप्पणी छ । दुवै पक्षका नेताहरूले सामाजिक सञ्जालमा एक अर्का पक्षलाई विभाजनको बाटोमा अगाडी बढेको आरोप लगाएका छन् ।
प्रचण्ड पक्षीय नेताहरुले भने सहमतिका लागि नै फरकप्रस्ताव आएको तर्क गर्न थालेका छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्