उपेन्द्र गोले
कार्तिक ३०, रौतहट ।
रौतहटमा आधिकारिक रूपमा साउन महिनादेखि खोला बन्द भए पनि अवैध उत्खनन भने रोकिएको छैन । वागमती तथा लाल बकैया नदीबाट जथाभावी रुपमा खोलाजन्य बस्तुहरुको उत्खनन भईरहदा नियमनकारी निकाय अनभिज्ञ रहेका छन् । रौतहटको वृन्दावन, गढीमाई, चन्द्रपुर, माधवनारायण, दुर्गा भगवती, गुजरा र फतुवा विजयपुर सहितका स्थानीय तहको सीमा क्षेत्रमा पर्ने वागमती, लाल बकैया, चाँदी, हर्दीया, धनसर खोलाबाट अनधिकृत रुपमा खोलाजन्य पदार्थहरुमा चरम दोहन भइ रहदासमेत नियमनकारी निकायले चासो देखाउन सकेको छैन । प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले वागमती र लाल बकैया खोलाबाट गिटी, वालुवा, ग्रावेल निकाल्नको लागि केही पालिकाहरुबाट टेण्डर आहवान भईसकेको र केही पालिकाहरूले प्रक्रिया पूरा गर्नमा लागि परेको बताउनुभयो ।
मा प्रकाशित


