भाइटीकामा यी ५ रङको मात्र प्रयोग गरौँ – Kanika Khabar
Friday, January 23Nepali News Portal

भाइटीकामा यी ५ रङको मात्र प्रयोग गरौँ

    मा प्रकाशित

कनिका खबर
मंसिर १, दाङ ।
भाइटीकामा कति रङको प्रयोग गर्ने ? यसमा विभिन्न मत रहँदै आएका छन् । प्रायः भाइटीकामा सप्तरङ्गी टीका प्रयोग गर्ने गरिन्छ । भाइटीकामा सात रङको प्रयोग गर्ने चलन रहेको छ ।
भाइटीकामा सात रङको प्रयोग गर्ने गरिएको भए पनि शास्त्रमा भने पाँच वटा रंङको मात्र टीका लगाउनुपर्ने उल्लेख गरिएको छ ।

तिहारमा सप्तरङ्गी टीका लगाउने भनी प्रचारप्रसार गरिए पनि शास्त्रीय मान्यता भने तिहारमा लगाउने टीकाको रङ्ग रातो, सेतो, पहेँलो, हरियो र नीलो गरी पाँचवटा उल्लेख गरिएको पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष रामचन्द्र गौतमले जानकारी दिएका छन् ।

आज लक्ष्मी पूजाका दिन स्थापना गरिएको दियो, कलश र गणेशको पूजा गरी मूलथालीमा लेखिएको अष्टदलमा मार्कण्डेय, अश्वत्थामा, बलि, ब्यास, हनुमान, विभीषण, कृपाचार्य र परशुराम गरी अष्ट चिरञ्जीवी, चित्रगुप्त, यमराज, यमुना र धर्मराज, गणपत्यादि वनस्पत्यन्त देवताकोसमेत पूजाआजा गरी दिदीबहिनीले दाजुभाइलाई तेलको धाराले छेकेर परम्पराअनुसार सप्तरङ्गी वा पञ्चरङ्गी टीका, मखमली, सयपत्री र गोदावरीलगायतका फूलका माला लगाइदिने गरिन्छ ।

 

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्