आज देशका विभिन्न स्थानमा हल्का वर्षा र हिमपात – Kanika Khabar
Sunday, January 18Nepali News Portal

आज देशका विभिन्न स्थानमा हल्का वर्षा र हिमपात

    मा प्रकाशित

कनिका खबर
मंसिर १, दाङ ।
आज सोमबार देशका विभिन्न स्थानमा हल्का वर्षा भएको छ । पश्चिमी वायुको प्रभावले अहिले देशका केही प्रदेशमा हल्का वर्षा र हिमपात भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अहिले सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी र बागमती प्रदेशमा आंशिक देखि सामान्य बदली भई थोरै स्थानहरुमा वर्षा र हिमपात भईरहेको महाशाखाले जनाएको छ ।

यस्तै प्रदेश नम्बर १ का पहाडी भूभागमा आंशिक बदली भएको छ । बाँकी भू—भागमा भने मौसम सफा रहेको महाशाखाले जनाएको छ ।

आज दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी र बागमती प्रदेशका केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरूमा भने हल्का देखि मध्यम हिमपातको पूर्वानुमान गरिएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्