राष्ट्रिय टिमका सबै खेलाडीको कोरोना रिपोर्ट नेगेटिभ – Kanika Khabar
Sunday, March 15Nepali News Portal

राष्ट्रिय टिमका सबै खेलाडीको कोरोना रिपोर्ट नेगेटिभ

    मा प्रकाशित

कनिका खबर
मंसिर १, काठमाडौँ ।
दुई अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलका लागि बंगलादेशमा रहेका राष्ट्रिय फुटबल टिमका सबै खेलाडीको पछिल्लो कोरोना रिपोर्ट नेगेटिभ अर्थात् कोरोना नभएको आएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले सबै २५ खेलाडीसहित नेपाली टिमको कोरोना रिपोर्ट नेगेटिभ आएको हिजो जानकारी दिएको हो । नेपाली टिमको शनिबार कोरोना परिक्षण गरिएको थियो ।
यस्तै एन्फाले यस अघि पोजेटिभ देखिएका एक खेलाडीको नयाँ रिपोर्ट समेत नेगेटिभ आएको जनाएको छ । उनी टिममा चाडै फर्कने एन्फाले जनाएको छ । उनले शुक्रबार भएको पहिलो खेल गुमाएका थिए । तर, एन्फाले बंगलादेशका मुख्य प्रशिक्षकको रिपोर्ट पोजेटिभ आएको जनाएको छ ।
घरेलु टिमसँगको दुई मैत्रीपूर्ण खेलका लागि नेपाली टिम ढाकामा रहेको छ । नेपालले बंगलादेशसँग दोस्रो मैत्रीपूर्ण खेल भोली मंगलबार खेल्नेछ । बंगबन्धु रंगशालामा शुक्रबार भएको पहिलो खेलमा नेपाल २–० ले पराजित भएको थियो । फिफा विश्वकप छनोटको दोस्रो चरण खेलिरहेको नेपालले तयारीका लागि मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्