लकडाउनमा राप्ती दोहन, स्थानीय सरकारले दियो उत्खनन गर्ने अनुमति – Kanika Khabar
Thursday, April 25Nepali News Portal

लकडाउनमा राप्ती दोहन, स्थानीय सरकारले दियो उत्खनन गर्ने अनुमति

    मा प्रकाशित

कनिका संवाददाता
जेठ २, दाङ ।
लकडाउनको अवसर पारेर राप्ती नदीमा दोहन तीब्र रुपमा चलेको छ । उपभोक्ताका अनुसार स्थानीय सरकारले नै ठेकेदारलाई उत्खनन् गर्न अनुमति दिएको हो ।
भालुवाङ बजारदेखि झण्डै तीन किलोमिटर दक्षिण पश्चिममा एउटा कुलो छ । बसन्तपुर गाउँमा जमिन सिँचाई गर्नका लागि निर्माण गरिएको उक्त कुलोमा अहिले पानी भरिभराउ छ । पानी भरिभराउ कुलोमा पानीको बहाव बढाउन भन्दै कुलोको मुहानभन्दा डेढ किलोमिटर पूर्व नदी खनिएको छ ।

नदीको धारै परिवर्तन गरेर गरिएको उत्खनन्को उद्देश्य ‘बसन्तपुर कुलोमा पानीको बहाव बढाउने’ भनिएको छ । तर यसको अन्तर्य भनेको नदीजन्य पदार्थको तस्करी नै हो । स्थानीयहरुले कुलोमा पानीको बहाव बढाउने नाममा अवैध उत्खनन् मच्चाएको दाबी गरेका छन् । यहाँसम्मकी उनीहरुले उक्त उत्खनन् बन्द समेत गराईदिए । ‘कुलोमा पानी पर्याप्त छ, तर यही कुलोमा पानीको सतह बढाउने भनेर अवैध उत्खनन् गरियो,’ उत्खनन् नियन्त्रणका लागि बनेको सङ्घर्ष समितिका संयोजक टोपवहादुर कार्कीले भने ‘नदीनै छेकेर उत्खनन् गर्ने प्रयास गरियो ।’

लकडाउनको अवधिमा भएको यो उत्खनन्को अनुमति राप्ती गाउँपालिकाले एक ठेकेदारलाई दियो । यसलाई गाउँपालिकाले राष्ट्रिय गौरवको आयोजनाको मान्यता दियो । यही मान्यताका आधारमा ठेकेदारले धमाधम एक्सकाभेटर नदीमा हाले । ‘हामीहरुले दुई दिनसम्म राप्ती नदीमा एक्सकाभेटर हालेपछि बिरोध गर्यौँ, अनि उनीहरु ब्याक पनि भए,’ संघर्ष समितिका सचिव होमप्रसाद शर्माले भने ‘तेस्रो दिनमा फेरि उस्तै नियती दोहोरिएपछि हामी गाउँलेहरु सबै जम्मा भएर नदीमै पुग्यौँ र आन्दोलन गर्यौँ ।’ स्थानीय सरकारले यसलाई राष्ट्रिय गौरबको आयोजनाको मान्यता दिएर उत्खनन् अनुमति दियो, तर उत्खनन्को अनुगमनको जिम्मेवारी पाएको जिल्ला समन्वय समितिले भने यसलाई राष्ट्रिय गौरबको आयोजना होइन भनेको छ । स्थानीय र ठेकेदार विच उत्खनन् विवाद भएपछि भालुवाङ पुगेर उत्खनन् गरेका जिल्ला समन्वय समितिका संयोजक जितेन्द्रमान नेपालीले भने ‘यो कुनै राष्ट्रिय गौरबको आयोजना पनि हैन, अनि यहाँ बिपद व्यवस्थापनका नाममा उत्खनन् गर्नु पर्ने आवश्यक्ता पनि देखिएन, तपाई (स्थानीय) हरुले नदीमा मेसिन हाल्नै नदिनुस्, यही हालेको खण्डमा मलाई जानकारी गराउनुस् ।’ राष्ट्रिय गौरबका आयोजनाको काम र विपद व्यवस्थापनको कामका लागि मात्रै नदीमा एक्सकाभेटर प्रयोग गर्न पाउने नीति सरकारले बनाएको छ । जिल्ला समन्वय समितिका संयोजकको यो उर्दि पछि अहिले उत्खनन् रोकिएको छ ।

कोरोना संक्रमणको त्रासका कारण सरकारले गरेको लकडाउनले हरेक क्षेत्र प्रभावित बनेको छ । तर राप्ती नदीमा हुँदै आएको दोहन लीला भने बढेको छ । स्थानीय सरकार स्वयंलेनै उत्खनन्का लागि अनुमति दिने गरेका छन् । अहिले भालुवाङदेखि सतवरिया क्षेत्रसम्म राप्ती नदी उत्खनन् निकै बढेको छ । लमही नगरपालिका वडा नम्बर ७ स्थित राप्ती नदी उत्खनन्को नाममा व्यक्तिकै जमिन समेत खनिएको छ । व्यक्तिगत जमिन समेत खनिएपछि स्थानीयहरुले बिरोध गरेका थिए । यसैगरी यही क्षेत्रमा उत्खनन् जन्य पदार्थको ठूलो डम्पीङ छ । उत्खननकर्ताहरुले यसको निकासी खोजिरहेका छन् । तर स्थानीयहरुले उक्त निकासीमा अवरोध पुर्याई रहेका छन् । ‘कोरोना संक्रमणको त्रासका कारण गाउँका ठाउँठाउँमा बाटो बन्द गरिएका छन्, यसको प्रत्यक्ष मार उत्खननकर्ताहरुलाई परेको छ, किनकि बाटो बन्द भएका कारण उनीहरुले निकासी गर्न पाएका छैनन्,’ एक स्थानीयले भने ‘बाटो खोल्नका लागि विभिन्न प्रलोभन समेत देखाउन थालिएको छ ।’ यसैगरी लमहीकै वडा नम्बर ८ स्थित नदीमा पनि उत्खनन् गरेर राखिएको नदीजन्य पदार्थको ठूलै चाङ छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्