बागलुङ १६ जुवाडे पक्राउ – Kanika Khabar
Tuesday, May 19Nepali News Portal

बागलुङ १६ जुवाडे पक्राउ

    मा प्रकाशित

कनिका खबर
मंसिर १, बाग्लुङ ।
बागलुङ जिल्लाको विभिन्न स्थानबाट १६ जना जुवाडे पक्राउ गरेका छन् ।

आइतबार राति बागलुङ नगरपालिका–६ भान्सा र सोही वडाको ठूलढुङ्गामा जुवातास खेलिरहेका अवस्थामा नगदसहित उनीहरु पक्राउ परेका हुन् ।

बागलुङ नगरपालिका–६ ठूलढुङगाका तिलकबहादुर थापाको घरबाट ६७ हजार सात सय नगदसहित आठ जना पक्राउ परेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा सोही ठाउँका दिलबहादुर थापा, झकबहादुर थापा, यमबहादुर थापा, धनबहादुर थापा, तिलक थापा, दलबहादुर थापा, तीर्थबहादुर थापा र दिलबहादुर छन्त्याल छन् ।

पक्राउ पर्नेमा अरु बागलुङ नगरपालिका–६ भान्साका शिव केसीको घरमा जुवातास खेलिरहेको अवस्थामा आठ जना पक्राउ परेको बागलुङका प्रहरी नायव उपरीक्षक राजेन्द्र रेग्मीले बताए ।

उनका अनुसार पक्राउ पर्नेमा सोही ठाउँका राजन सापकोटा, कुलबहादुर केसी, मानबहादुर केसी, रामकृष्ण सापकोटा, दिपक सापकोटा, इश्वर केसी, सागर केसी र दिपेश सापकोटा छन् ।

उनीहरुको साथबाट ८५ हजार ६८० नगदसहित केही थान ताससमेत बरामद गरेको प्रहरी नायव उपरीक्षक रेग्मीले बताए ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्