मेलम्चीमा जुवातास खेलिरहेको अवस्थामा ४ लाख २८ हजार नगदसहित २६ जना पक्राउ – Kanika Khabar
Sunday, May 19Nepali News Portal

मेलम्चीमा जुवातास खेलिरहेको अवस्थामा ४ लाख २८ हजार नगदसहित २६ जना पक्राउ

    मा प्रकाशित

देवराज सुवेदी
मंसिर १, सिन्धुपाल्चोक ।
सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाबाट जुवातास खेलिरहेको अवस्थामा २६ जनालाई पक्राउ गरिएको छ ।४ लाख २८ हजार नगद सहित मेलम्ची नगरपालिकाको दुईवटा वडाबाट उनीहरुलाई पक्राउ गरिएको हो ।मेलम्ची नगरपालिका वडा नम्बर ८ मा रहेको चुलनाथ गिरीको घरबाट जुवा खेलिरहेको अवस्थामा प्रहरीले नगद रु १ लाख ४ हजार ५ सय ८५ रुपैयाँ सहित ६ जनालाई नियन्त्रणमा लिएको हो भने मेलम्ची नगरपालिका वडा नम्बर ५ सिन्धुकोटमा रहेको लोकबहादुर रायमाझिको घरमा जुवा खेलिरहेको अवस्थामा नगद रु तीन लाख २३ हजार ३ सय ४५ सहित २० जनालाई नियन्त्रणमा लिएको हो । इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक फलबहादुर तामाङको कमाण्डमा खटिएको टोलीले ३२ थान कौडा सहित ५ बुक तास पनि बरामद गरेको छ । ती स्थानहरुमा जुवातास खेलिरहेको छ भन्ने खबर प्राप्त हुनासाथ तामाङको कमाण्डमा गएको टोलीले बिहान साढे १ बजेको समयमा मेलम्ची नगरपालिका ८ केउरानी बाट र बिहान साढे ३ बजेको समयमा मेलम्ची नगरपालिका ५ सिन्धुकोटबाट उनीहरुलाई पक्राउ गरेको हो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्