कारागारमै सामूहिक मनाए वन्दीहरुले तिहार – Kanika Khabar
Sunday, May 19Nepali News Portal

कारागारमै सामूहिक मनाए वन्दीहरुले तिहार

    मा प्रकाशित

मंसिर १, नुवाकोट ।
नुवाकोट जिल्ला कारागार ढुंगेका कैदी वन्दीहरुले एक आपसमा खुशीयाली साटासाट गर्दै सामूहिक रुपमा यस वर्षको तिहार मनाएका छन् । विदुर नगरपालिका वडा नं. १ ढुंगेमा रहेको जिल्ला कारागारमा वन्दी जीवन व्यथित गरिरहेका वन्दीहरुले एकआपसमा देउसीभैलो खेलेर तिहार मनाएका हुन् ।विभिन्न मुद्धामा परेर कैद सजाय पाएका तथा मुद्धा फैसला नहुन्जेल सम्मका लागि वन्दी जीवन विताइरहेकाहरुले कारागारभित्रै यस वर्षको तिहार एकआपसमा रमाइलो गर्दै तिहार मनाएका हुन् । कारागारमा वन्दी जीवन व्यथित गरिरहेकाहरुले नै दाजुभाई र दिदीवहिनी मानेर एकआपसमा दउसी भैलो खेलेर तिहार मनाएको कारागार प्रशासनले जनाएको छ ।कारागारमा रहेका कैदीवन्दीहरुलाई कारागारमै पुगेर भेटघाट गर्न गत वर्षको चैत्तदेखि नै वन्द गरिएको कारण वन्दी जीवन विताइरहेकाहरुले यस वर्ष सामूहिक रुपमा देउसीभैलो खेलेर तिहार मनाएको जेलर दुर्गा वाग्लेले जानकारी दिनुभयो । कारगारमा रहेका १६ महिला र एकसय ३५ जना पुरुषसहित एकसय ५१ जना कैदीवन्दीहरुले एकआपसमा खुसी साटासाट गर्दै तिहार पर्व मनाएका हुन् । यसैबीच तिहारको सन्दर्भमा नुवाकोटमा ढाकाको ब्यापार निकै बढेको छ । ढाकाबाट निर्मित टोपी, पछ्यौरा, दौरासुरुवाल, पर्स, चोली लगायतका बस्त्र तथा उपहार सामग्रीहरु तिहारका बेला दिदीबहिनीले दाजुभाईलाई र दाजुभाईले दिदीबहिनीलाई उपहार स्वरुप प्रदान गर्ने प्रचलन रहेको कारण कारोवार वढेको व्यापारीहरुले वताए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्