हुम्लामा माइनस ७ पुग्यो तापक्रम – Kanika Khabar
Friday, May 15Nepali News Portal

हुम्लामा माइनस ७ पुग्यो तापक्रम

    मा प्रकाशित

कनिका खबर
मंसिर २, हुम्ला ।
हुम्लामा तापक्रम माइनस ७ पुगेको छ । जिल्लामा दुई दिन लगातार हिमपात हुँदा चिसो ह्वात्तै बढेर तापक्रम घटेको हो ।

यो वर्ष जिल्लामा दोस्रोपटक हिमपात भएको छ । यसअघि कात्तिक १८ गते हिमपात भएको थियो ।

जिल्लामा आइतबार र सोमबार दुई दिन लगातार हिमपात हुँदा चिसो बढेको बताइएको छ ।

आज बिहान तापक्रम माइनस सात डिग्री पुगेको छ । उत्तरी हुम्ला हिमपातले सेताम्मे भएको छ । हिमपातपछि तापक्रम माइनसममा झरेसँगै सदरमुकाम सिमकोटसहित उत्तरी नाम्खा गाउँपालिकामा अत्यधिक चिसो बढेको छ ।

 

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्