सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्रीलाई कोरोना पुष्टि – Kanika Khabar
Friday, June 26Nepali News Portal

सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्रीलाई कोरोना पुष्टि

    मा प्रकाशित

कनिका खबर
मंसिर २, कैलाली ।
सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्रीलाई कोरोना पुष्टि भएको छ । मन्त्री कृष्णराज सुवेदीलाई हिजो सोमबार कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

उनले आफूलाई ज्वरो र खोकी लागे पनि स्वास्थ्य अवस्था सामान्य रहेको बताएका छन् । मन्त्री सुबेदीले आफ्नो सम्पर्कमा रहेका सबैलाई स्वाब परीक्षणका लागि दिएर आइसोलेसनमा बस्न पनि आग्रह गरेका छन्।

मन्त्रीलाई कोरोना संक्रमण हुनु अघि उनको सचिवालयका एक जना स्वकीय सचिव, एक जना निजी स्वकीय सचिव, २ जना पीएसओ र एक जना चालकलाई कोरोना पुष्टि भएको थियो।

सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाश बहादुर शाहलाई पनि केही दिन अघि कोरोना सङ्क्रमण भएको थियो।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्