काेराेना अपडेट: पछिल्लो २४ घण्टामा थप ५०२ जनामा काेराेना पुष्टि, २८७८ जना काेराेना मुक्त र १७ जनाकाे मृत्युु – Kanika Khabar
Tuesday, November 24Nepali News Portal

काेराेना अपडेट: पछिल्लो २४ घण्टामा थप ५०२ जनामा काेराेना पुष्टि, २८७८ जना काेराेना मुक्त र १७ जनाकाे मृत्युु

    मा प्रकाशित

कनिका खबर
मंसिर २, दाङ ।
पछिल्लो २४ घण्टामा नेपालमा थप ५०२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ११ हजार ४७५ पुगेको छ ।
पछिल्लो २४ घण्टामा थप २८७८ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म १ लाख ७६ हजार ३६४ पुगेको छ ।
हालसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या ३१ हजार ३ रहेको छ ।
नेपालमा पछिल्लो २४ घण्टामा थप १७ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।
योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १२४७ पुगेको छ ।

 

 

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्