प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना प्रभावकारी कार्यान्वयन गर्न निर्देशन – Kanika Khabar
Saturday, April 20Nepali News Portal

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना प्रभावकारी कार्यान्वयन गर्न निर्देशन

    मा प्रकाशित

कनिका खबर
मंसिर ०२, काठमाडौं
कृषि तथा पशुपन्छी विकास मन्त्रालयले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना प्रभावकारी कार्यान्वयन गर्न सबै स्थानीय तहलाई निर्देशन दिएको छ । परियोजनाको लक्ष्य प्राप्त हुनेगरी कार्यान्वनयन गर्न स्वीकृत म्यानुअल सबै स्थानीय तहलाई परिपत्र गर्दै मन्त्रालयले यस्तो निर्देशन दिएको हो । स्वीकृत म्यानुअलमा परियोजना अन्र्तगत कार्यक्रम तर्जुमा, कार्यान्वयन, अनुगमन तथा मूल्याङ्कका चरणहरु उल्लेख गरी नतिजामूलक व्यवस्थापन विषय समेटिएको छ । कृषि मूल्य श्रृङ्खलानको एकीकृत संयोजन र परिचालन गर्दै पोषण सुरक्षा गरि कृषि औद्योगिकरण उन्मुख दिगो दिगो आर्थिक अवसर सृजना गर्न २०७३ सालमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सुरुआत भएको थियो । प्रमुख कृषि उपजको विशिष्टकृत क्षेत्र निर्माण गर्ने, कृषि उपजको मूल्य अभिवृद्धि गर्दै प्रतिस्पर्धात्मक क्षमता बढाउने, कृषिलाई सम्मानजनक व्यवसायको रुपमा विकास गर्ने आयोजनाको लक्ष्य राखिएको मन्त्रालयले जनाएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्