उपत्यकामा नदीमा भेला भएर छठ पर्व मनाउन प्रशासनले रोक – Kanika Khabar
Thursday, April 18Nepali News Portal

उपत्यकामा नदीमा भेला भएर छठ पर्व मनाउन प्रशासनले रोक

    मा प्रकाशित

कनिका खबर
मंसिर ०२, काठमाडौं
काठमाडौँ उपत्यकामा नदीमा भेला भएर छठ पर्व मनाउन प्रशासनले रोक लगाएको छ । नोबेल कोरोना भाइरस सङ्क्रमण अझै बढ्दो अवस्थामा रहेको जनाउँदै यसपटक घरमै बसेर पर्व मनाउन काठामडौँ जिल्ला प्रशासनले अनुरोध गरेको हो । काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले भोलि बुधबार जिल्ला सुरक्षा समितिको बैठक राखेर यस बारेमा थप निर्णय गरिने जानकारी दिनुभयो । उहाँका अनुसार जाडोको समयमा कोरोना सङ्क्रमणको जोखिम झन् बढ्ने भएकाले नदीमा जम्मा भएर भीडभाड गर्न निषेध गरिएको हो । भक्तपुर र ललितपुर प्रशासनले पनि छठको अवसरमा हुने भीडलाई पूर्ण रुपमा निषेध गर्ने तयारी गरेका छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्