रेडियोका कर्मचारीको निधनमा एक दिन विदा – Kanika Khabar
Wednesday, June 24Nepali News Portal

रेडियोका कर्मचारीको निधनमा एक दिन विदा

    मा प्रकाशित

कनिका खबर
मंसिर ०२, काठमाडौं
कर्मचारी मनिषा लामिछानेको निधनको शोकमा हाम्रो पहुँच बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड दाङले भोलि एक दिन शोक विदा दिने निर्णय गरेको छ । संस्थाको आज बसेको आकस्मिक बैठकले कर्मचारी लामिछानेको निधनको शोकमा भोलि मंसिर ३ गते बुधबारका दिन संस्थाका सबै परियोजनामा विदा दिने निर्णय गरेको हो । संस्थाका अध्यक्ष शुक्रराज भण्डारीको अध्यक्षतामा बसेको आकस्मिक बैठकले कर्मचारी लामिछानेको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ । लामिछानेको मंसिर १ गते भाइटीकाको दिनमा दिउँसो डिउटी आउँदै गर्दा सवारी दुर्घटनामा निधन हो । उहाँको निधनले संस्थालाई अतुलनिय क्षति पुगेको विज्ञप्तीमा उल्लेख गरिएको छ । संस्थाका अध्यक्ष भण्डारी र सचिव ऋषिराज पौडेलले शोक विज्ञप्ती जारी गरी मृतक लामिछानेप्रति श्रद्धान्जली र परिवारजनप्रति समवेदना प्रकट गर्नुभएको छ । यसैबिच कर्मचारी लामिछानेको निधनको शोकमा रेडियो हाम्रो पहुँचबाट प्रशारण हुने मनोरन्जनात्मक कार्यक्रम तीन दिनका लागि बन्दभएका छन् । हिजो भाइटिकाको दिनमा रेडियोको डिउटीमा आउने क्रममा सवारी दुर्घटनामा परि निधन भएकी कर्मचारी लामिछानेको शोकमा तीन दिन मनोरन्जनात्मक कार्यक्रम बन्द गरिएको हो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्