राष्ट्रपति र प्रचण्डबीच भेटवार्ता, मिलेर जान आग्रह – Kanika Khabar
Wednesday, April 22Nepali News Portal

राष्ट्रपति र प्रचण्डबीच भेटवार्ता, मिलेर जान आग्रह

    मा प्रकाशित

कनिका खबर
मंसिर २, दाङ ।
नेकपाभित्रको आन्तरिक विवाद झनै चुलिदै जान थालेको छ । विवाद चुलिदै जाँदा राष्ट्रपति विद्यादेवी भण्डारीको पनि सक्रियता बढ्न थालेको छ । आज मंगलबार विवादका बारेमा परामर्श गर्न नेकपाका कार्यकारी अध्यक्ष प्रचण्डले राष्ट्रपतिलाई भेटेका छन् ।
राष्ट्रपतिलाई भेट्न प्रचण्ड प्रचण्ड साँझ साढे ५ बजे शीतल निवास पुगेका प्रचण्डले त्यहाँ करिब दुई घण्टा बिताएको राष्ट्रपति कार्यालय स्रोतले जनाएको छ ।

‘अध्यक्ष प्रचण्डसँगको करिव २ घण्टाको भेटवार्तामा राष्ट्रपति भण्डारीले सत्तारुढ दलमा बढेको विवादप्रति जिज्ञासा र चासो राख्नु स्वभाविक हो । अध्यक्ष प्रचण्डसँग पनि सोही विषयमा कुराकानी भएको हो’, शीतलनिवास स्रोतले भन्यो, ‘यस्तो बेलामा राष्ट्रपतिको प्रयास भनेको समझदारी निर्माण गर्ने कुरामै हुन्छ सोही अनुसार प्रचण्डसँग पनि भेटवार्ता भएको हो ।’

राष्ट्रपति भण्डारीले अध्यक्ष प्रचण्डसँगको कुराकानीमा पार्टी विभाजन भए प्राप्त उपलव्धिहरु पनि गुम्ने अवस्था आउनसक्ने भन्दै दुबै अध्यक्षलाई मिलेर जान सुझाव दिएकी थिइन् ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्