कनिका खबर
मंसिर ३, काठमाडौँ ।
प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसमा १४ औं महाधिवेशनको पूर्वनिर्धारित मिति सार्ने विषयमा नेताहरूको मत विभाजित भएको छ ।
पार्टीको संस्थापन र तेस्रो पक्षले पूर्वनिर्धारित तालिका प्रभावित भइसकेकाले महाधिवेशनको मिति सार्नुपर्नेमा जोड दिइरहेको छ । तर वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष भने महाधिवेशन सार्ने विषयमा मन्जुर देखिएका छैनन् । फागनु ७ देखि १० भित्रको लक्ष्य भेटाउन असार २५ देखि साउन मसान्तसम्ममा क्रियाशील सदस्यता वितरण र नवीकरण गरिसक्नुपर्ने थियो । तर अहिले दुवैको ५० प्रतिशत काम पनि सम्पन्न भएको छैन । यस्तो अवस्थामा महाधिवेशन सार्नु पर्ने तर जेठ भन्दा पछाडि लैजान नहुने नेता डा. शेखर कोईरालाले बताएका छन् ।
मा प्रकाशित


