प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको प्रभावकारी कार्यान्वयनका लागि निर्देशन – Kanika Khabar
Wednesday, April 15Nepali News Portal

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको प्रभावकारी कार्यान्वयनका लागि निर्देशन

    मा प्रकाशित

कनिका खबर
मंसिर ३, काठमाडौँ ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना प्रभावकारी कार्यान्वयन गर्न सबै स्थानीय तहलाई निर्देशन दिएको छ । परियोजनाको लक्ष्य प्राप्त हुनेगरी कार्यान्वनयन गर्न स्वीकृत निर्देशिका सबै स्थानीय तहलाई परिपत्र गर्दै मन्त्रालयले यस्तो निर्देशन दिएको हो । स्वीकृत निर्देशिकामा परियोजना अन्र्तगत कार्यक्रम तर्जुमा, कार्यान्वयन, अनुगमन तथा मूल्याङ्कका चरण उल्लेख गरी नतिजामूलक व्यवस्थापनका विषय समेटिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका निर्देशक बैकुण्ठ अधिकारीले सीआईएनसँग बताउनुभयो । कृषि मूल्य श्रृङ्खलाको एकीकृत संयोजन र परिचालन गर्दै पोषण सुरक्षा गरि कृषि औद्योगिकरण उन्मुख दिगो आर्थिक अवसर सृजना गर्न २०७३ सालमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सुरुवात भएको हो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्