जातका आधारमा हुने विभेद अझै उस्तै – Kanika Khabar
Sunday, May 19Nepali News Portal

जातका आधारमा हुने विभेद अझै उस्तै

    मा प्रकाशित

टेकराज केसी
मंसिर ३, सुर्खेत ।
नेपालमा सदियौँदेखि जातिय विभेद हुँदै आएको छ । कर्णाली प्रदेशमा २४ प्रतिशत जनसङ्ख्या दलित समुदायको छ । अन्य प्रदेश भन्दा कर्णालीमा दलित समुदाय माथिको विभेद पनि बढि नै देखिएको छ ।सुर्खेत वराहाताल गाउँपालिकाका गगन नेपाली दलित समूदायमाथि जातियताको आधारमा गरिने विभेद अझै नहटेको बताउनुहुन्छ । अर्का स्थानीय शुसिला कुमारी परियारको अनुभव पनि यस्तै छ ।शिक्षा र चेतनाको स्तर बढे पनि मान्छेहरुको सोंच परिवर्तन नभएको दलित समूदायका व्यक्तिहरु बताउँछन् । बाहिर देखिने गरी विभेद नगरे पनि भित्रभित्रै विभेद हुने गरेको बराहाताल गाउँपालिका, ५ का दलित महिला सदस्य पार्वती मिजारको भनाइ छ । व्यवस्था परिवर्तन भएपनि अवस्था उस्तै छ । विगतमा भन्दा जातिय विभेदको तरिका मात्र फेरिएको दलित अधिकारको क्षेत्रमा काम गर्नेहरु बताउँछन् । स्थानीय सरकारले जातिय विभेद अन्त्यका लागि काम गर्न नसकेको नागरिकको गुनासो छ । सोंच परिवर्तन नभएसम्म व्यवहार नफेरिने भएकाले सरकारको नीति त्यस तर्फ केन्द्रीत हुनुपर्ने धेरैको सुझाव छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्