स्थगित परीक्षा मङसिर २८ गतेदेखि – Kanika Khabar
Friday, March 29Nepali News Portal

स्थगित परीक्षा मङसिर २८ गतेदेखि

    मा प्रकाशित

कनिका खबर
मंसिर ४, दाङ ।
त्रिभुवन विश्वविद्यालयले स्नातक तहको परीक्षा मङसिर असन्तिम साता हुने भएको छ । स्थगित परीक्षा मङसिर २८ गतेदेखि सुरु गर्ने गरी नयाँ तालिका सार्वजनिक भएको हो । वार्षिक प्रणाली अन्तर्गत स्नातक तह चौथो वर्षमा अध्ययन गर्ने विद्यार्थीको शैक्षिक सत्र खेर नजाने गरी परीक्षा लिने र नतिजा प्रकाशन गर्ने विश्वविद्यालयको तयारी छ ।
विश्वविद्यालयले व्यवस्थापन, शिक्षाशास्त्र सङ्काय र विज्ञान अध्ययन संस्थान अन्तर्गत स्नातक तह चौथो वर्षको परीक्षा तालिका सार्वजनिक गरेको हो ।
चैतअघि नै नतिजा निकाल्ने र पास हुने विद्यार्थी स्नातकोत्तर तहमा भर्ना हुन पाउने विश्वविद्यालयले जनाएको छ । विश्वविद्यालयले कोरोना सङ्क्रमित विद्यार्थीको परीक्षा अरु विद्यार्थीको तुलनामा १५ मिनेटपछि सुरु गर्ने र अरु विद्यार्थीको परीक्षा सकिएको १५ मिनेटपछि सक्नेगरी तयारी गरेको छ । त्रिभुवन विश्वविद्यालयको स्नातक तहमा एक लाखभन्दा बढी विद्यार्थी अध्ययनरत छन ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्