मकवानपुरमा तीन वर्षीया बालिकाको हत्या – Kanika Khabar
Thursday, June 11Nepali News Portal

मकवानपुरमा तीन वर्षीया बालिकाको हत्या

    मा प्रकाशित

मकवानपुर,४ मंसिर ।

मकवानपुरमा पूजामा गएकी एक बालिकाको हत्या भएको छ । वाग्मती गाउँपालिका–७ लामिटारमा रुबिना पाख्रिनको हत्या भएको हो ।

जिल्ला प्रहरी कार्यालय, मकवानपुरका प्रमुख एसपी मुकेश सिंहका अनुसार अहिले अपराधस्थलमा प्रहरी टोली परिचालन गरेर अनुसन्धान थालिएको छ । ‘पूजामा गएका बालिकाहरु बुधबार ४ र ५ बजेसम्म खेलिरहेका थिए, त्यसपछि पाख्रिन देखिएकी थिइनन्’, सिंहले भने ‘बेलुकी ७ र ८ बजेतिर बगरमा अर्धबेहोसी अवस्थामा उनलाई फेला पारिएको थियो ।’

लगत्तै उनलाई जिल्ला अस्पताल, हेटौंडातर्फ लगिए पनि चिकित्सकले मृत घोषित गरेको सिंहले बताए । प्रहरीका अनुसार अपराधस्थल नजिकै बालिकाको भित्री बस्त्र फेला परेको छ भने शरीरभरि रगत लत्परिएका कारण कुनै भारी वस्तुले आक्रमण गरेको हुनसक्ने अनुमान गरिएको छ ।

अपराधस्थलको प्रकृति अनुसार बालिकामाथि बलात्कार प्रयास वा बलात्कार भएको हुनसक्ने अनुमान गरिएको प्रहरीले जनाएको छ । हालै अनुसन्धानका लागि प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ भने बालिकाको शवलाई पोष्टमार्टमका लागि पठाउने तयारी गरिएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्