नेपालमा लकडाउन शुरु भएयता कात्तिकमा सर्वाधिक सङ्ख्यामा पर्यटक – Kanika Khabar
Friday, January 23Nepali News Portal

नेपालमा लकडाउन शुरु भएयता कात्तिकमा सर्वाधिक सङ्ख्यामा पर्यटक

    मा प्रकाशित

कनिका खबर
मंसिर ४, काठमाडौं
नेपालमा लकडाउन शुरु भएयता कात्तिकमा सर्वाधिक संख्यामा पर्यटक भित्रिएका छन् । अध्यागमन विभागका अनुसार कात्तिक महिनामा मात्र २ हजार ९ जना विदेशी नागरिक नेपाल आएका हुन् । नेपालमा हवाई मार्गबाट भित्रिएका जुनसुकै प्रयोजनमा भित्रिएका विदेशी नागरिक समेत पर्यटक गनिन्छन् । एक महिनामा एक हजार तीन सय ७० जना पुरुष र ६ सय ३९ जना महिला पर्यटक नेपाल आएका छन् । सरकारले १७ अक्टोवरबाट पर्यटकलाई घुमफिरमा आउन खुला गरेको थियो । त्यसअगाडी नै पर्वतारोहण र पदयात्रामा आउने पर्यटकलाई संस्थागत रुपमा सिफारिस लिई नेपाल आउने ढोका खुलेको थियो । यसले क्रमशः पर्यटक आगमन बढ्दै गएको छ । एक महिनामा अमेरिकाबाट मात्र चार सय ५५ र बेलायतबाट ती सय २६ जना नेपाल आएका छन् । चीनबाट एक सय ६१, भारतबाट एक सय २५, टर्कीबाट ८२ र रुसबाट ८१ जना पर्यटक नेपाल आएको तथ्याङ्क छ । एक महिनाको अवधिमा नेपालबाट विदेश फर्कने विदेशी नागरिकको सङ्ख्या भने एक हजार ८ सय ७२ जना रहेको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्