बंगलादेशसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलेको नेपाली राष्ट्रिय टिम आज स्वदेश फकियो – Kanika Khabar
Thursday, April 25Nepali News Portal

बंगलादेशसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलेको नेपाली राष्ट्रिय टिम आज स्वदेश फकियो

    मा प्रकाशित

कनिका खबर
मंसिर ४, दाङ
बंगलादेशसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलेको नेपाली राष्ट्रिय टिम आज स्वदेश फर्किएको छ । कात्तिक २८ र मंसिर २ गते ढाकास्थित बंगबन्धु राष्ट्रिय रंगशालामा दुई खेलको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलको नेपाली टिम स्वदेश फर्किएको हो । पहिलो खेलमा २–० गोलले हारेको नेपालले बंगलादेशसँग दोस्रो खेलमा भने गोलरहित बराबरी खेलेको थियो । टिमलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का पदाधिकारी त्रिभुवन विमानस्थलमा स्वागत गरे । नेपालले करिब एक वर्षपछि अन्तर्राष्ट्रिय फुटबल खेल खेलेको थियो । यसअघि विश्वकप छनोटको दोस्रो चरणमा नेपालले भुटानमा नोभेम्बर १९ तारिखमा कुवेतसँग प्रतिस्पर्धा गरेको थियो । जुन खेलमा नेपाल १–० गोलले पराजित भएको थियो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्