काङ्ग्रेस दाङका धरोहर बस्नेतको निधन, नेताद्वारा दुःख व्यक्त – Kanika Khabar
Wednesday, April 24Nepali News Portal

काङ्ग्रेस दाङका धरोहर बस्नेतको निधन, नेताद्वारा दुःख व्यक्त

    मा प्रकाशित

कनिका डेस्क
जेठ २, दाङ ।
नेपाली काँग्रेसका पुराना नेता तेजबहादुर बस्नेतको उपचारका क्रममा आज शुक्रबार निधन भएको छ । विगत लामो समयदेखि मृगौला रोगबाट पीडित बस्नेतको ६६ वर्षको उमेरका काठमाडौँमा निधन भएको हो ।
मृगौला रोगबाट पीडित बस्नेत नियमित डायलासिस गर्ने भएपछि काठमाडौँमा बस्दै आएका थिए । उनको शुक्रबार बिहान ७ बजे निधन भएको हो ।
बस्नेतको निधनलाई पार्टी पङ्तिभित्र अपूरणीय क्षतिका रुपमा हेरिएको छ ।
अनिता देबकोटा, राष्ट्रिय सभा सदस्य
राष्ट्रिय सभा सदस्य अनिता देबकोटाले बस्नेतको निधनले एक त्यागी र जुझारु नेता गुमाउन परेको बताइन् । पार्टी संगठन तथा विस्तारका साथै पार्टीलाई सुदृढ बनाएर लैजान बस्नेतले सधै महत्वपूर्ण भूमिका खेलेको र आफू त्यागको प्रतिमूर्तिका रुपमा खडा हुने गरेको देवकोटाले बताईन् ।
राजु खनाल, संविधान सभा सदस्य
संविधानसभा सदस्य राजु खनानले बस्नेतको निधनले पार्टीमा अपूरणीय क्षति भएको बताउँदै एक इमान्दार, त्यागी र हठी स्वभावको नेता गुमाउन परेको बताए । कनिका खबरसँगको कुराकानीमा खनालले भने, ‘‘ हामी ०४५ सालमा हिरासतमा सँगै बसेका थियौँ, उहाँ पार्टीका लागि निकै दुःख गरेको नेता हुनुहुन्छ तर विडम्बना उहाँले पार्टीभित्र कुनै महत्वपूर्ण पद पाउन सक्नुभएन । उहाँको निधनले पार्टीले अफ्ठ्यारोमा परेको बेला मार्ग निर्देशन गर्ने अभिभावक गुमाएको छ ।’’
डिल्ली बहादुर चौधरी, प्रदेश संसद, प्रदेश नं. ५
प्रदेश नं. ५ का प्रदेश संसद डिल्ली बहादुर चौधरीले महासमिती सदस्य बस्नेतको निधनले पार्टी संगठन तथा पार्टीको उन्नयनमा अपूरणीय क्षति भएको बताएका छन् । चौधरीले भने, ‘‘उहाँ पार्टीका लागि निकै ठूलो त्याग गरेको नेता हो, पार्टीभित्र त्याग र अनुशासनको पर्यायका रुपमा उहाँ चिनिनुहुन्छ, उहाँको असामयिक निधनले पार्टीमा एउटा अभिभावक गुमाएको महसुस भएको छ ।’’
कीर्तिबहादुर खड्का, जिल्ला सभापति दाङ
काङ्ग्रेस दाङका सभापति कीर्तिबहादुर खड्काले बस्नेतको निधनले काङ्ग्रेसले एउटा त्यागी तथा हठी स्वभावको नेता गुमाएको बताए । कनिका खबरसँगको कुराकानीमा उनले भने, ‘‘बस्नेत एक जुझारु नेता हुनुहुन्थ्यो, पार्टीको धरोहर हो उहाँ, उहाँको निधनले पार्टीलाई मात्र होइन समाज र देशका लागि समेत अपूरणीय क्षति भएको छ । निकै दुःख कष्ट सहेको व्यक्ति हो उहाँ, उहाँले देखाएको मार्ग हाम्रा लागि सधै अनुकरणीय रहनेछ ।’’
नेपाली काङ्ग्रेस दाङले शुक्रबार नै शोक वक्तब्य निकालेर बस्नेतको निधनमा दुःख व्यक्त गरेको छ । पार्टी सभापति कीर्तिबहादुर खड्का र सचिव शंकर डाँगीले शोक वक्तव्य जारी गरी पार्टीले त्यागी तथा जुझारु नेता गुमाउन परेको दुःख व्यक्त गर्दै बस्नेतप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेको छ ।
२०११ सालमा जन्मिएका वस्नेत विद्यार्थीकालदेखि नै राजनीतिमा लागेका बस्नेत राजनीति गर्ने क्रममा उनी लामो समय जेल र हिरासतमा समेत परेका थिए । काँग्रेस वृत्तमा त्यागी नेताका रुपमा चिनिने बस्नेत काँग्रेसको महासमिती सदस्य हुन् र पूर्व क्षेत्रीय सभापति समेत हुन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्