कोरोना संक्रमितको संख्या बढ्दै गएपछि भारतको अहमदाबादमा कर्फ्यू – Kanika Khabar
Wednesday, January 26Nepali News Portal

कोरोना संक्रमितको संख्या बढ्दै गएपछि भारतको अहमदाबादमा कर्फ्यू

    मा प्रकाशित

एजेन्सी ।
कोरोना संक्रमितको संख्या बढ्दै गएपछि भारतको अहमदाबादमा आज शुक्रबारदेखि रातको समयमा कर्फ्यू घोषणा गरिएको छ ।

कोरोना संक्रमण बढ्दै गएपछि गुजरात सरकारले अहमदाबादमा रातको समयमा कर्फ्यू लगाउने निर्णय गरेको समाचार संस्था पिटिआईले जनाएको छ ।

राति ९ बजेदेखि बिहान ६ बजेसम्म हरेक रात कर्फ्यू आदेश जारी भए पनि यो कहिलेसम्म कायम छ भन्ने खुलाइएको छैन ।

यो समाचार तयार पार्दासम्म गुजरातमा ३ हजार ८३० जनाको संक्रमितको मृत्यु भएको छ । अहमदाबादमा मात्रै अहिलेसम्म ४६ हजारभन्दा बढीमा संक्रमण पुष्टि भएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्